No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले लिए सपथ

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेशमा नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका सीताकुमारी पौडेल र गंगाप्रसाद यादवलाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी पद तथा गोपनीयताको सपथ खुवाएकी हुन् ।

नेपालको संविधानको धारा १६७ बमोजिम पौडेल र यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । आइतबार नै राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मीलाकुमारी पन्तलाई पदमुक्त गरेकी थिइन् ।

 

प्रकाशित: २० बैशाख २०७८, सोमबार १३:३७
Comments
Loading...