No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भोलिको नारायणहिटि राजसंस्था हो राजतन्त्र,राजतन्त्रात्मक होइन

  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares
मणीराज सत्याल ।
जाँदा जाँदै ,
राजतन्त्र -राजस्ंस्था :-
पृथ्वीनारायण शाह ले बिशाल नेपाल निर्माण पछिको ब्यबस्था राजतन्त्र हो !
राजा त्रीभुवनले राणा शासन समाप्त गरेर ल्याएको ब्यबस्था राजतन्त्रात्मक प्रजातान्त्रिक ब्यबस्था हो !
राजा महेन्द्रले बाध्य भएर राजनितिक पार्टी को मनपरी र बेथिति ले राष्टियता नै खतरामा परेपछि ल्याएको प्रत्यक्ष शासन पुर्ण रुपमा राजतन्त्रात्मक ब्यबस्था थियो ! पुर्ण राजतन्त्र मा निहित त्यो ब्यबस्था ले राजा लाई भन्दा जनता र देशलाई लाभदायक भएको बुझियो !
२०४६ को परिवर्तन संबैधानिक राजतन्त्रात्मक प्रणाली अर्थात् राजा पनि संबिधानको दायरा भित्र बस्नुपर्ने र राजाका केहि अधिकार प्रधानमन्त्री मा हस्तान्तरण भएको समयोचित र अनुशासित उत्कृष्ट ब्यबस्था थियो ! तर त्यसको मर्म नेता आफैंले बुझेनन र बुझ्ने ले जनता लाई बुझाउन दिएनन ! किनकि राम्रा र योग्य नेतालाई अन्तर्घात गरियो !
२०६१ माघ १९ , २०५८-२०६० सम्म अध्ययन गरेपछि अत्यन्त तरल अबस्था बाट गुज्रीएको नेपाल को अबस्था लाई ब्यबस्था पन गर्न र बिदेशि चलखेल बाट जोगाउन बाध्यतात्मक परिस्थिति नारायण हिटि लाई परेक थियो ! यो राजाको कदम अत्यावश्यक थियो र पनि स्वतन्त्रता को स्वाद चाखेका जनता को लागि अलिक कठिन हुन्छ तर अन्ततोगत्वा देशको भलोको लागि दिर्घकालिन स्थायित्व को लागि ३ बर्ष राजा ज्ञानेन्द्र बाट मागि बक्सेको थियो ! त्यसपछि त नेपाल नेपालि नेताकै थियो ! नेपाली जनताकै थियो ! तर एक दुइ पात्र चैनकै कारण देखाइ दक्षिण को दबाब मा राजस्ंस्था लाई नै दोष लगाइयो ! यो सातदल भित्र नालायक नेताको नैतिकहिन राजनीति को परिणाम थियो !
बिदेशि चलखेल उत्कर्ष मा पुगेको नेपाल जोगाउन , हामी सबै देशभक्त /राजभक्त /ले , नेपाल र नेपाली ले खोजेको अपरिहार्य भोलिको नेपाल भनेको कसैलाई निषेध नगरिने राजस्ंस्थाको अभिभावकत्वमा संरक्षण मा अनुशासित प्रजातान्त्रिक ब्यबस्था नै हो ! भोलिको नारायण हिटि राजस्ंस्था हो राजतन्त्र , राजतन्त्रात्मक होइन ! नेपाल को स्वाभिमान , चाहाने बैदेशिक सम्बन्ध उत्कृष्ट चाहाने स्वधर्म , संस्कार र सभ्यता चाहाने स्वतन्त्रता अनुशासित पनि अत्यावश्यक छ ! यहि हुनेछ !
जय मुलुक , जय राज मुकुट !
====================================
मास्क धेरै समय प्रयोग गर्नु घातक प्रमाणित हुँदैछ ! किनकि मास्कले स्वच्छ अक्सिजन लिन बाट रोक्छ ! घरमा बस्दा मास्क प्रयोग गर्नु पर्दैन ! त्यसैले:-
“stay at home”
May be an image of one or more people, people standing and road
प्रकाशित: २१ बैशाख २०७८, मंगलवार ०१:४६
Comments
Loading...