No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

परिणाम अर्को जुनिमा हैन यहि जुनिमा भोग्नु पर्छ

  •  
  •  
  •  
  •  
  •  

जनकराज पाठक ।

युवराज छदै दशरथ पराक्रमी,चक्रवर्ति कहलियका थिय।उनको पुरुसार्थ चारै दिशा मा थियो।उनको निसाना अचुक थियो,उनि शव्दभेदि वाण चलाउन सक्थे।
एकरात समुन्द्री तलाउमा उनि त्यहा पानी खान अाउने जनावरको सिकारमा गय।उनले परैवाट हात्ती ले पानी खाय जस्तो अावाज सुने र शव्दभेदि वाण चलाय,निसाना अचुक थियो।वाण प्रहार गरेको ठाउमै लाग्यो तर लागेको ठाउवाट त मानिस को पो मरे…अैया…अैया…अामा…..भन्ने अावाज अायो।उनि तत्काल त्यहा पुगे उनले प्रहार गरेको वाण ले जलकुन्ड मा वृद्ध नेत्र विहिन वावुअामा को लागि जल लिन अायका श्रवण कुमार को अावज रहेछ।
युवराज ले ठुलो पश्चताप गरे,माफि मागे घायल वालक ले अाफ्नो माता,पिता नेत्रहीन भयको र जल को प्रतिक्षा गरिरहेकाले जल उनिहरु सामु पुराइदिन अाग्रह गर्दै प्राण त्याग गरे।
जल लियर दशरथ नेत्र वहिन मुनि सामु पगे चुपचाप जल पिलाउने प्रयासमा थिय।जल ले अातुर नेत्रविहिन वृध्ध ले जल को भाडा समाउने क्रममा युवराज को हात समाउन पुगे र हात अाफ्नो पुत्र को नभयको वुझेर प्रस्न गरे तिमि को,मेरो पुत्र खै, किन तिमि?
सहर्षधारा अासु खसाल्दै दशरथ ले भयको कुरा विन्ति गरे।पुत्र वियोगमा माता ले ततक्षण प्राण त्याग गरिन,अन्धा पिता पुत्र वियोगमा विलाप गर्दै क्रोधित मुद्रामा
मेरो जसरि तेरो पनि पुत्र वियोग मा मृत्यु होस भन्दै दशरथ लाइ श्राप दियर प्राण त्याग गरे।
समय,काल वित्दै गयो। युवराज दशरथ राजा भय राम,भरत,लक्ष्यमा,सत्रुघन जस्ता विर पुत्र हरु को पिता वने तर जिवन को अन्त्यमा राम,लक्ष्मण वनवास भरत,सत्रुघन मावल गयको वेला पुत्र वियोगमा पुत्र को नाम लिदालिदै उनको इहलिला समाप्त भयो।
त्यसैले भनिन्छ धर्ममा सत्यता छ,कसैलाइ हानि नोक्सानी हुने कार्य जानेर गर्न हुदैन।गरियो भने परिणाम अर्को जुनिमा हैन यहि जुनिमा भोग्नु पर्छ।युवराज हुदा दशरथ ले गरेको पाप राजा हुदा नै व्यहोर्नुपरेको थियो।
May be an image of 3 people
प्रकाशित: २१ बैशाख २०७८, मंगलवार ०३:२५
Comments
Loading...