No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

काठमाडौं उपत्यकामा वैशाख २९ गतेसम्म थपियो निषेधाज्ञा

  • 2
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौँ । काठमाडौं उपत्यकाको निषेधाज्ञा एकसाता थप भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले एक साता निषेधाज्ञा जारी गरेका थिए । अब खाद्यान्न र अति आवश्यक वस्तुहरुका पसल बिहान ७ देखि ९ बजेसम्म मात्र खोल्न पाइने छ । यसअघि साँझ पनि खोल्न दिइएको थियो । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ ।

प्रकाशित: २१ बैशाख २०७८, मंगलवार १०:१०
Comments
Loading...