No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पर्सामा वैशाख ३० गतेसम्म बढाइयो निषेधाज्ञा

  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

प्रकाश तिवारी, वीरगंज । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले विभिन्न निर्णयहरुका साथ पर्सामा निषेधाज्ञा बैशाख ३० गते रातको १२ बजेसम्म लागू हुने निर्णय गरेको छ ।

बैठकले हाल कोभिडको अवस्था नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा भए गरेका कामहरुको समिक्षा गर्दै नेपाल सरकार र प्रदेश सरकारका निर्णयहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गराउनेतर्फ जोड दिएको छ ।

बैठकमा यस भेगमा रहेका अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक सहयोग गर्ने र उत्पादित अक्सिजनलाई अत्यावश्यक ठाउँसम्म उपलब्ध गराउनुका साथै यसको उत्पादन, भण्डारण तथा बिक्रि वितरणको दैनिक अनुगमन गर्ने निर्णय गरिएको छ ।

यसैगरी महानगरपालिकाद्वारा महानगरपालिका भित्रै तत्काल १ सय शैया क्षमताको कोभिड–१९ अस्थायी विशेष अस्पताल यथाशिघ्र सञ्चालनमा ल्याई उपचार सेवा शु्रु गर्नुका साथै तत्कालै १ सय शैया क्षमताको आईसोलेसन सेन्टर स्थापना गरी सञ्चालनमा ल्याउने निर्णय समेत गरिएको छ ।

महानगरपालिकाको उपयुक्त स्वाब संकलन केन्द्र स्थापना गरी स्वाब संकलन गर्ने र संकलित स्वाबको परिक्ष्ण नारायणी अस्पतालमा गर्ने व्यवस्था मिलाउने निर्णय संगै नारायणी अस्पताल विकास समिति पर्साबाट माग गरिएका दुई जना कर्मचारीहरुलाई विरामीहरुको उपचारका लागि खटाइएकोमा निजहरुसँग अस्पतालले बढीमा चार महिनाको करार सम्झैता गरी अस्पतालले कार्य गरेको प्रमाणित गरेको आधारमा निजहरुलाई प्रदेश सरकारले जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रलाई उपलब्ध गराएको बजेटबाट नियमानुसार तलब समेत दिने निर्णय बैठकबाट भएको छ ।

प्रकाशित: २१ बैशाख २०७८, मंगलवार १०:३०
Comments
Loading...