No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बैतडीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

  • 1
  •  
  •  
  •  
  •  
    1
    Share

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा चट्याङ लागेर मृत्यु भएका वडा सदस्यको शव बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिकाको गणनेश्वर मन्दिर नजिक से १ ज १८३ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार राति चट्याङ लागेर मृत्यु भएका वडा नम्बर ६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर रोडिदेवलबाट सदरमुकामतर्फ आउँदै गरेको जिप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख हरिशरण भट्टले जिप सडकबाट करिव पाँच सय मिटर तल खसेको छ। भट्टका अनुसार मृतक र घाइतेको पहिचान हुन सकेको छैन ।

प्रकाशित: २१ बैशाख २०७८, मंगलवार १०:५८
Comments
Loading...