No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘राष्ट्रपतिज्यू, खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु हाम्रो लोकतन्त्रको दुर्भाग्य हो’

  • 1
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीले संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक र संविधानको मर्म विपरित भएको बताएका छन् ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न सात वटा अध्यादेश जारी गरेपछि सामाजिक संजालमार्फत थापाले यो संविधानको मर्म विपरित भएको बताएका हुन् । उनले खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु हाम्रो लोकतन्त्रको दुर्भाग्य भएको भन्दै अध्यादेश फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गर्न माग गरेका छन् ।

थापाले भनेका छन्, ‘विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक छ,संविधानको मर्म विपरित छ । राष्ट्रपतिज्यू, खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु हाम्रो लोकतन्त्रको दुर्भाग्य हो।अध्यादेश फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गरियोस्।’

 

प्रकाशित: २१ बैशाख २०७८, मंगलवार १३:४१
Comments
Loading...