No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शासक वर्गले कोरोना महामारीलाई हल्का रुपमा लिँदा स्थिति भयावह

  • 1
  •  
  •  
  •  
  •  
    1
    Share

डा. प्रकाशचन्द्र लोहनी ।
१. नेपालका शासक वर्गले कोरोना महामारीलाई सधैं हल्का तरिकाले लिएका हुन् । अब त सत्ताको अंकगणित सुरु भइसक्यो । जनताको समस्या झन् ओझेलमा पर्ने सम्भावना छ। तैपनि स्वास्थ मन्त्रालयले केही सक्रियता देखाएको हो कि जस्तो छ तर मूल मेसिनमा नै खिया लागेको अवस्थामा सहायक मेसिनले कति गर्न सक्ला ?

२. कोरोनसँगको लडाइँमा नेपाली सेना, प्रहरी, डाक्टर, नर्स र अन्य स्वस्थाकर्मीहरुको मेहनत र लगनशीलता प्रसंसनीय रहेको छ र उहाँहरु धन्यवादका पात्र हुनुहुन्छ । यो लडाइँमा अग्रपंक्तिमा रहेका सबैलाई भौतिक तथा आर्थिक प्रोत्साहन उपलब्ध गराउन नेपाल सरकारले कुनै कन्जस्याइँ नगरोस् ।

३. यो लडाइँ हामीले जित्नैपर्छ । अब गाउँपालिका, नगरपालिका तहमा नयाँ सक्रियता जरुरी छ. । कोरोना प्रभावित हरेक गाउँ र नगरपालिकामा खास मापदण्ड अनुरुप आइसोलेसन व्यवस्था बनाउनै पर्छ र यसको लागि केन्द्रले ५० प्रतिशत, प्रदेशले ३० प्रतिशत र गाउँ र नगरपालिका्ले २० प्रतिशत खर्च गर्ने गरि स्थानीय तहको अगुवाइमा अभियान सुरु गरियोस् । वार्ड प्रतिनिधिहरु जनप्रतिनिधि पनि हुन् र जनताको करबाट सुविधा र सहुलियत लिने पनि हुन् । उनीहरुको सक्रियता जनताले खोजेका छन् आफ्नो वार्डमा कुन घरमा कोरोना छ र उनीहरुको अवस्था के छ भन्ने कुराको सूचना राख्ने र हुन सक्ने सहयोग पुर्याउने काममा वार्ड प्रमुख र वार्ड सदस्यको चासो नहुने हो भने जनप्रतिनिधि को के अर्थ ?

. हामी जनताको तहमा कमसेकम मास्क लगाउँ । जनताको तहबाट कोरोना बिरुद्ध यो ठूलो सहयोग हो । विज्ञानले कोरोन नियन्त्रण गर्न मास्क धेरै प्रभावकारी हुन्छ भन्ने प्रमाणित गरिसकेको छ. यो यथार्थ हो ।

. सरकारले भाक्सिन उपलब्ध गराउने काममा अल्छी गरेको छ र अल्मलिएको छ ।

प्रकाशित: २१ बैशाख २०७८, मंगलवार १६:१७
Comments
Loading...