No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आरोही कामीरिता शेर्पाद्वारा २५ औं पटक सगरमाथाको आरोहण

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली आरोही कामीरिता शेर्पाले शुक्रबार साँझ २५ औं पटक सगरमाथा आरोहण गरेका छन् । काठमाडौंस्थित सेभन समिट ट्रेक्सका अनुसार उनी बाटो बनाउने टोलीको नेतृत्व गर्दै शुक्रबार साँझ ६ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

उनीसहित १२ जना शेर्पा बिहीबार साँझ ६ बजे चौथो शिविरबाट हिँडेका थिए । सेभन समिटले यो टोली आज चौथो शिविरमा फर्किसक्ने जनाएको छ । यस सिजनमा सगरमाथा आरोहणका लागि मात्रै पर्यटन विभागले ४४ वटा आरोहण दललाई अनुमति दिएको छ ।

प्रकाशित: २४ बैशाख २०७८, शुक्रबार १४:२०
Comments
Loading...