No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यो “संविधानले काम गर्न सक्दैन यसको विकल्प खोजौ”

अदालतले एकपटक लिगमा ल्याइदिएको संविधान फरि कहिले च्यातिने हो थाहा छैन।

  •  
  •  
  •  
  •  
  •  

जनकराज पाठक ।

प्रधानमन्त्री अोलीले चालेको असंवैधानिक कदमको विरुद्ध अदालतले अंकुस लगायपछि उत्पन्न परिस्थिति र त्यसवाट सृजित राजनीतिक अवस्था अव केहि दिनमा अन्त्य हुदैछ।
प्रजातन्त्रको सुन्दरतानै संविधानवाद र बिधिको शासन हो।व्यक्तिगत को कस्तो भन्दा नि सैद्धान्तिक दृष्टिकोणको परिभाषा अाजको अावश्यकता हो।
अाफ्ना अाधारभुत निति असफल भयपछि प्रधानमन्त्रीले स्वत राजिनामा दिनु पर्ने हो तर अाफ्ना समकक्षि र प्रतिस्पर्धि हरुको नालायकिको कारण उनले विचको केहि समय नाटन नै मन्चन गरे।
यधपी अाफु संसदमा पेश हुने र त्यहिको निर्णय मान्ने उनको कदम भने स्वागतयोग्य नै मान्नु पर्छ।
भंयकर कसरतका साथ अहिले संसदमा गणितका खेलहरु सुरु भयका छन।हुन त संसद गणितले नै चल्ले हो तर संसदभित्र गणितका लागि घृणित खेलहरु भयो भने अनि गणित ले सहि मार्ग लियन भने यो संविधान च्यातिने पक्का छ नाजाने मुलुक पनि कुन भडखाले तिर फस्छ।
खेलका खेलाडी हरुले यसवारे सोचेकै होलान।रिस,अावेष,कुन्ठा र घमण्ड मा अर्कालाई पछार्न खोज्दा अाफुपनि पछारिने निश्चित छ।त्यसैले एकले अर्कालाइ निषेध भन्दा नि सवैशक्ति विचको एकता अाजको अावश्यकता हो।
जालझेल र तिकडममा माहिर अोली ले संसदमा विश्वासको मत लिन नसके पनि सत्ता छोडने पक्षमा छैनन।सवै चुनौती को सामाना गर्न तयार अोली संग हुकुमका पत्ता हरु निकै वाकि छन।अोली सत्ता जोगाउन संविधानका हरेक पाना च्यात्न तयार छन।उनको विरुद्धमा उभियको गठवन्धन पनि अोली हटाउन संविधान च्यात्न तयार नै छ।
अदालतले एकपटक लिगमा ल्याइदिएको संविधान फरि कहिले च्यातिने हो थाहा छैन।
अोली अाफुलाइ संविधान भन्दा माथि ठान्छन,देखादेख संसद छलेर दर्जन विधेयक हालैको दिनमा ल्यायका छन।
विषेशत सत्ताको लागि मौलाएको अोलीको असंसदिय राजनीतिले संविधान चिन्द‌ैन।उनका विरुद्धमा उभियको मोर्चा पनि दलिय चरित्र,नियम,कानुन भन्दा अोली हटाउ अभियानमा केन्द्रीत छन।
यहानिर गम्भीर प्रश्न के भने पाचहजार वर्ष पुरानो हिन्दु सभ्यता र राष्ट्रनिर्माणमा महत्त्वपूर्ण योगदान गरेको राजसंस्था लाइ हटायर ल्याइयको संविधानलाइ दलहरुले नै किन यति चाडै कागजको खोस्टो वनाय त?
राजसंस्थाको कारण मुलुक नया युगमा पुग्न सकेन,राजसंस्था अग्रगमनको बाधक हो भन्ने दलहरु राजसंस्थाको निषेध पछि पनि किन एकतावद्द हुन सकेनन त?किन राजनीति ले सहि मार्ग लिन सकेन?के बाधक राजसंस्था थियो कि दलहरुको अकर्मण्यता थियो प्रश्न अहं छ।
व्यवस्था परिवर्तन पछि जनताले सोचेका थिय अव पुराना विकृति,विसंगति,अन्याय,अत्याचार सवै हराउछ।
नातावाद,कृपावाद सव‌ै हराउछ।भ्रष्टाचार,मनपरितन्त्र सदाको लागि अन्त्य हुन्छ अनि बिकास र रोजगारी बढछ।अझ सुसासन र संविधानवाद कायम भै मुलुक नया युगमा प्रवेश गर्ने छ।किन यति चाडै जनताको अाशा निराशामा परिणत भयो?
विस्तारै संसार माहामारि वाट मुक्त हुने प्रयासरत छ,संसारभरि का सरकार अाफ्ना नागरिक लाइ कसरि सुरक्षित राख्न सकिन्छ,कस्तो सुविधा दिन सकिन्छ भन्नेमा चिन्तित छन तर अोली राज्यमा पिसिअार जाच गर्ने किटमा भ्रष्टाचार हुन्छ,अापतकालिन अौषधि खरिदमा भ्रष्टाचार हुन्छ,सिमित व्यापारी ले सरकार हल्लाउछन अनि व्यापारी पोस्न समयमा खोप अाउद‌ैन।
स्वास्थक्षेत्र लथालिङ्ग छन, नवधनाड्य र हुनेखाने वर्गले मात्र सुविधाको उपयोग गरेका छन।गरिव सडकका पेटि र अस्पताल को छिडिमा मृत्यु वरण गर्न वाध्य छन।सरकारि चिन्ता सत्तामा मात्र छ अर्थात यो सरकार अाम जनतालाइ वस्तु वा पदार्थ सम्झन्छ।
अाफ्नो निवासमा अाउने लाइ पलास्टिकको जुत्ता लगायर प्रवेश दिने अोली दैनिक पशुपतिमा ५०,६० लास जल्ला समेत चिन्तित छैनन।चिन्ता केवल सत्ता कसरि जोगाउने भन्ने मात्र छ।
लाज पचायर सत्ता टिकाउन केन्द्रीत अोली अनि मात्र सत्ताको लागि उभियको उनको विरोधी मोर्चालाइ अव जनता ले ध्वस्त वनाउनु पर्छ।
अहिले राजनीतिको मुलधारमा रहेका दलहरुले ८ वर्ष लगायर ठुलो धनराशि खर्च गरेर वनायको संविधान खोटो भयको छ।यो खोटो संविधान अव चल्न सक्दैन।किन यस्तो भयो वहष यहिवाट सुरु गर्ने कि नगर्ने?
नागरिक स्तरमा चर्चा छ संविधानको संरक्षक र पालकको रुपमा रहेको राष्ट्रप्रमुखको भुमिका निश्पक्ष भयको भय यस्तो दिन अाउदैन थियो होला,राष्ट्र प्रमुख कार्यकारीको इकाइ नभइदियको भय,तत्काल सृजित घटनाहरुको विषयमा पदको गरिमा राख्दै गहिरो अनुसन्धान गरि निर्णय गरिदियको भय,दलिय गुटमा सामेल नभइदियको भय,दलका नेताहरुको निवास मा विना उदेश्य नचारिदियको भय,अझ विलासि जिवन जिउन नखोजिदियको भय,कार्यकारी का गलत निर्णयलाइ अाखा चिम्लेर सहि नगरिदियको भय संविधानवाद कायम हुनथ्यो।संविधानवाद कायम भयको भय प्रजातन्त्र मौलाउन सक्थ्यो।
अहिले त महोदयको हर कदमले प्रजातन्त्रको अाधारस्तम्भ माथि प्रहार गरेको छ।प्रजातन्त्रको जग हल्लायको छ।अर्थात संविधान पुर्णत असफल भयको छ।अव यो संविधानले काम गर्न सक्दैन तसर्थ
मुलुकको ठोष अावश्यकता को ठोष विष्लेषण गरि यसको विकल्प खोजौ।भावि पुस्ताहरुको भविष्य माथि खेलवाड नगरौ।
May be an image of 1 person, standing, tree and outdoors
प्रकाशित: २५ बैशाख २०७८, शनिबार १६:००
Comments
Loading...