No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राजसंस्था अब राजाको पहलले मात्रै आउने देखिन्न, एउटा नेतृत्व तयार पार्नैपर्छ

  •  
  •  
  •  
  •  
  •  

साेम विक्रम सिंह ।

नोट:- पढ्दै नपढी लाईक नठोकौं है । म लाईक र शेयरको भोको होइन तर पढेर मनन गर्दिए धन्य नै ठान्ने थिएँ।
ॐ गणेशायः नम।
अब के हुन्छ भन्ने प्रश्नमा मेरो जवाफ थियो। संसद जति कोरोना लागेर ढल्छन्। संसदका कर्मचारी सबै आईसियुमा कोरोना संक्रमित भएर बसेको समाचार सुन्न पाईएला। बिश्वासको मत लिने स्थगन हुन सक्ने सम्भावना छ। यदि फेरि पनि बिश्वासको मत लिनै पर्ने भयो र केपिले बिश्वासको मत लिन सकेन भने बहुमत लिएर सरकार गठन गर्न आव्हान हुन्छ र केयर टेकर गभर्मेण्ट फेरि केपि कै नेतृत्वमा हुन्छ। तब बल्ल खेल शुरू हुन्छ।
अब बहुमत लिएर कुनै पनि नेतृत्व आउन नसकेको खण्डमा राष्ट्रपति शासन लागु भई फेरि पनि केपि कै नेतृत्वमा सरकार हुनेछ र मध्यावधिको ढोका खोलिने छ। यसमा सत प्रतिशत देउवा र केपिको सहमत छ। नत्र अख्तियारमा भएको फाईलको ढड्डाको के काम? जसरि पनि प्रचण्ड र माधव पाहा पछारिएका झैं पछारिने छन्। अब राजसंस्था आउँछ कि भनेर आश मार्ने खेमा भने चिल्लै भएर बसे हुन्छ। किन कि राजसंस्था त्यति सजिलै स्थापित होला भनेर ढुक्क नभए हुन्छ। राजसंस्थाको मुद्वा बोक्नेको अनुहार त युट्युबमा मात्रै छाएर बस्ने खाले छन्। अहिले राजा आउँछ भरै राजा आउँछ भन्दै आफ्नो रोटी सेक्यो बस्यो।
तिनले खोलेका नाङ्गलो पसलमा ओईरिएका कार्यकर्तालाई न कुनै किसिमको प्रशिक्षण छ, अनुशासन छैन, अण्टसण्ट बोल्यो बस्यो। न तिनले भुराजनिती बुझ्या छन् न अन्तर्राष्ट्रिय राजनिती बुझ्या छन्। बिदेशीले अँग्रेजीमा के के भनेर फलाकेर मुन्ट्याई रहेका छन् छेउ टुप्पो भेउ केहि अत्तोपत्तो छैन। खाली राजा आउ देश बचाउ भनेर भट्टाएर बस्यो। बिष्णु भगवान भन्दै शिवजीको टिका निदारमा लगाईदियो अब राजा आउँछ हजुर भन्यो त्यसै आफै दङ्ग पर्यो। दिउँसै भट्टीमा गयो मन्त्री पद बाँड्यो बस्यो।
अब जनताले चाहेर मात्रै हुँदैन, जनता नेतृत्व बिहिन छन्, दोस्रो जनता भन्या “जता जता हावा आयो उत‌ै उतै ढल्किने खल्ति भित्र भारू भए दिल्ली जान पल्किने” खाले छन्। राजपरिवारको अग्रज राजा ज्ञानेन्द्रलाई अब बुढ्यौलीले पनि छोएको र रोगले छोपेको अबस्था छ, जुन तितो यथार्थ हो। उनले कुनै राजनीतिक नेतृत्वलाई बिश्वास गर्न सकेका पनि छैनन् र अझै भनौ नेतृत्व तयार पार्न पनि सकेका छैनन्। जुन नेतृत्वमा बिश्वास थियो तिनले पश्चिमाको फोहोर खाए अहिले टिकटकमा रमाएर बसेका छन्।
अब उनका बिंडो थाम्न पर्ने व्यक्ति र हर समय साथमा बुढ्यौलीको लट्ठि तथा सहारा हुनपर्ने व्यक्ति सरररर हुँईकेर आनन्दित भएर बसेका छन्। एउटा गहन प्रश्न, राजसंस्था चाहिन्छ भनेर हामी कुर्लिनेको कारण हामी आफै राजा बन्न हो त? कि राजाको सचिव बन्न वा राजाको बडा गुरूज्यु बन्न? कदापि कुनै पनि होइन र कुनै हालतमा पनि होइन। राजसंस्था चाहिन्छ किनभने राजसंस्था राष्ट्र र राष्ट्रियताको लागि चाहिन्छ।
उत्तर यति मात्रै हो राजसंस्था राष्ट्रवादी र देशभक्त हुन्छ भन्ने हाम्रो अन्धभक्त। हाम्रो मान्यता छ राजाले देश बेच्दैनन्, माटोलाई धोका दिन्नन्, नदिनाला सत्ताको लागि साट्दैनन् र देशलाई घात हुने नागरिकता बिधेयक आफ्नो ज्यान अर्पण गर्लान् तर स्विकार्दैनन्। हामी बैदिक सनातनीहरू तथा राजसंस्था मान्नेहरूले राष्ट्र, राष्ट्रियता र राजसंस्थाका बिरोधमा जानेहरूलाई राष्ट्रघाती तथा देशद्रोही सोच्दछौं र मान्दछौं।
कुनै जनता मात्रै होइन यदि राजसंस्थाको कुनै परिवार पनि यस बिरूद्व लागे अथवा यसलाई कमजोर पार्ने कृयाकलापमा लागे पनि त्यसलाई राष्ट्रघाती तथा देशद्रोही नै मान्नु पर्दछ भन्ने हाम्रो यथार्थ बुझाई छ। तसर्थ राजसंस्था कमजोर पार्ने कार्य शाह बंशीय सन्तानले गरे पनि त्यसलाई माफि दिनु हुँदैन चाहे त्यो युवराज हुन् वा राजा अथवा राजकुमारी या कुमार।
हामी चाहि सर्बश्व एकातिर छोडी राजसंस्थाको लागि लडेर हिंड्ने अनि पृथ्वीनारायण शाहका सन्तान भनाउँदाहरू चाहि यस्तो बिषम परिस्थितिमा मोजमस्ति गरेर सडक छापे भएर हिंड्न कतिको सुहाउँछ? ज्वाईँ र भान्जा पनि देखियो, चरम रूपमा मोजमस्ति गर्ने तिनै थिए तर परेको बेला दुलोमा लुकेर बस्ने पनि तिनै छन्। राजा भनेको बिशेषता हो र बिशेष गुण भएको व्यक्तित्व हो नत्र त हामी सबै उस्तै मानवै त हौं नी।
यहाँ त अरू शाहहरू नै के देखियो भने राजसंस्था हुँदा भत्ता खाएर मौज गरेर, हामी राजाका सन्तान भनेर खोकेर, अनि अप्ठेरोमा अरू भन्दा उग्र देखिएर राजाको बिरोध गरेर बस्ने पनि तिनै देखियो। हुन त यसमा शाही परिवारलाई मात्रै दोष दिएर हुन्न, राजाले पनि आफन्तलाई चाहिने भन्दा धेरै टाढा नै राखे कि? फेरि पनि ऋषिकेष जस्ता पात्र त उ बेला राजा बिरेन्द्रको पाला पनि थिए अहिले त दुई शाह ऋषिकेषको पदछापमा हिंडी सिआईए दलाल बनेर बसेका छन्।
कोहि दलालका चेलीलाई बुहारी बनाएर बसेका छन् भने कोहि ज्वाईँ बनाउन बसेका छन्। तर तितो सत्य यहि हो कि राजाको छोरा पनि आचरणमा बसेको छैनन् र हाम्राे आन, बान र शान राजसंस्थालाई जानेर वा अनजानमा धक्का पुर्याउने कार्यमा लागेका छन् भने हामीले मान्यता दिईराख्न जरूरी छैन। हामी व्यक्ति परक होइन हामी संस्थापरक हौं। यदि कालोलाई पनि कालो हो भनेर मान्न सकिदैन भने कि गर्धन हाजिर छ कि बिद्रोह गर्न तयार छौं।
अब राजसंस्था ल्याउनै छ भने राजाको पहलले मात्रै आउने देखिन्न, एउटा नेतृत्व तयार पार्नै पर्छ कि राजाले पनि हामी जस्ता अबुझ, अनाडि, अशिक्षितको कुरा मनन गरेर नेतृत्व तयार पार्नै पर्छ। सरि हामी दास पनि होइनौ, नोकर पनि होइनौं र कमारो पनि होइनौं। हामी राजसंस्था देशको लागि अपरिहार्यता छ तथा राजसंस्था हाम्रो धर्म, पहिचान, सभ्यता, संस्कार र संस्कृतिको अभिभावक तथा संरक्षक हो भनेर डटेर लागेका यो धर्तीको पुत्र हौं।
हाम्रो बुझाई यति हो कि राजसंस्था फर्काउने दमदार छाती भएको, उत्कृष्ट व्यक्तित्व, परिपक्व, परिवर्तनकारी, नैतिकवान, बौद्विक स्तरको धरातल बुझेको, राजनितीक बुझेको तथा लिड्को लगाउने शक्ति र ल्याकत भएको राजनेतालाई नेतृत्वमा ल्याउनै पर्छ यद्वपी नेतृत्वलाई हामीले साथ र समर्थन नगरे हाम्रो जुधाई र बुझाई अधुरै हुने छ। जय कर्मनिष्ठ। ईति। धर्तीआमालाई मारे पाप पाले पुण्य। ॐ जय श्री शिव गोरख।
प्रकाशित: २६ बैशाख २०७८, आईतवार ०४:३६
Comments
Loading...