No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘लोकतन्त्र’ माथिको हलाल् !

  •  
  •  
  •  
  •  
  •  

लोकतन्त्र” माथिको हलाल् !
सन्दर्भ: लाजनीति !

आफ्नो समर्थनमा रहँदा हिरा,
अरुको पक्षमा हुदाँ किरा ?
मेरो ताक् परे तिवारी ,
उसको कित्तामा उभिए बिहारी ?

यसैलाई भनिन्छ,
ताक् परे तिवारी,
नत्र गोतामे !

मेरो देशमा राष्ट्रियताको अर्थले काचुली फेर्छ ,
सत्ता प्राप्तमा फरक हुन्छ,
प्रतिपक्षमा रहँदा राष्ट्रिय भावनाले ओतप्रोत हुन्छ !
एक दिन ठिक,अर्को दिन बेठीक !

आफ्नो अनुकुलतामा लोकतन्त्र चल्छ ,
बहस र छलफल बिनै बुक्याचु बल्छ !
सत्ता प्राप्तका लागि सिङ्गो मानवता नै मर्छ ।

बहुसांस्कृतिक बाद हो नेपाल हाम्रो,
तर गलत शब्द जाल चुलियो चाम्रो !
सिङ्गो नेपाल साझा अस्तित्व हो हाम्रो ।

बहुल राष्ट्रियता आन्तरिक पहिचान हो,
सिङ्गो नेपाल राज्य हाम्रो सान हो !
राष्ट्र,राष्ट्रियता र जनजीविका मुख्य सवाल हो ।

तर यहाँ राजनीति फोहोरी खेल नौटङ्की भयो ,
राजनीतिको नाममा सिंगो देशको अपमान भयो ।
लोकतान्त्रिक गणतन्त्रको व्याख्या मै हलाल् भयो ।

लोकतान्त्रिक गणतन्त्रको व्याख्या मै हलाल् भयो,
राजनीतिको नाममा सिंगो देशको अपमान भयो !
ब्याख्या र मनोविज्ञानले लोकतन्त्रको हमला भयो।।

ठाकुर पोखरेल । 

प्रकाशित: २५ जेष्ठ २०७८, मंगलवार ०३:४३
Comments
Loading...