No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बरु युवाहरुमा मानवीय भूमिका देखियो !

  •  
  •  
  •  
  •  
  •  
बरु युवाहरुमा मानवीय भूमिका देखियो !
बरु युवाहरुमा मानवीय भूमिका देखियो,
सत्ता कै लागि मात्र जन्मिएका नेताहरु देखियो !
नेपालमा कांग्रेस र कम्युनिष्ट बाट आशा मेटियो ।
नेपालमा कांग्रेस-कम्युनिष्टका गतिविधि पनि देखियो,
यीनका राजनीतिक क्रियाकलापबाट आशा मेटियो !
सामूहिक्ता वादी हौ भन्नेहरु झनै भ्रष्ट रहेछन,
सर्वहाराको नारा ता सर्व-आहारा पो भएछ !
मानवता वादी राजनीति हुनु पर्नेमा
सर्वअहम्तावादी सत्ताको पक्षपोषण पो रहेछ !!
एकात्मक शासन प्रणाली खरब भनिन्थ्यो,
एउटै जात गोत्रको हालीमुहाली मात्र गनिन्थ्यो!
सर्वसाधारण सबै सम्प्रदायको लागि
प्रतिनिधित्व खोई भन्ने प्रश्न सुनिन्थ्यो ।
प्रजातन्त्रको असली सिपाही कांग्रेस भनिन्थ्यो,
त्यस भित्र पनि चरित्रवान को हुन् खोजिन्थ्यो !
सर्वहारा वर्गको नेतृत्वका लागि कुदिन्थ्यो ,
तर कम्युनिस्ट ता झनै भ्रष्ट वाला जाली भन्ने बुझियो ।।
राजनीतिमा चरित्रहीन,भ्रष्ट नेताहरु राम्रैसँग देखियो,
कांग्रेस र कम्युनिष्ट राजनीतिका नेतृत्वसँग आशा मेटियो!
बत्तिस वर्ष यीनैका भ्रष्ट क्रिया छर्लङ्ग सँग भोगियो ।।
नेपालमा कांग्रेस-कम्युनिष्टका गतिविधि पनि देखियो,
यीनका राजनीतिक क्रियाकलापबाट आशा मेटियो ।।
 ठाकुर पोखरेल
प्रकाशित: २८ जेष्ठ २०७८, शुक्रबार ०४:३२
Comments
Loading...