No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दोषी भारत, चीन, अमेरिका कोही होइनन् , हामी हौँ, मात्रै हामी !

  •  
  •  
  •  
  •  
  •  

केशवप्रसाद भट्टराई ।
हामी स्वतन्त्र,प्रभुसत्तासम्पन्न र सम्मानित राष्ट्र योग्य छैनौ भन्ने कुरा हाम्रो सरकार, संसद, अदालत, दलहरू, वौद्धिक समुदाय र सेना र हामी नागरिकहरूले वर्षौँदेखि सावित गरिरहेका छौँ । राष्ट्र , राज्य जे भने पनि त्यो भनेको संस्था हो । हामीसँग त संस्था नै भएनन् , दल र गूट मात्रै । दोषी भारत, चीन, अमेरिका कोही होइनन् , हामी हौँ, मात्रै हामी ! हामीले यो देशलाई योग्य, सक्षम, प्रतिभासम्पन्न युवाहरू, उत्साही उद्यमीहरू, पुरुषार्थी व्यक्तियोग्य बनाउनै सकेनौ ।

त्यस्ता कोही देशमै बसेर काम गर्छु भन्ने उत्साह बोकेर जो यहाँ बसे ती आफ्नो त्यो निर्णयलाई धिक्कारी रहेका छन् । पश्चाताप गरिरहेका छन् । स्वाभिमानी, योग्य, सक्षम, प्रतिभासम्पन्न , उद्यमशील, र उर्जावान व्यक्तिहरू मुलुकमा अहोरात्र निसास्सिएर बाँच्नु परेको अनुभव गरिरहेका छन् भने त्यो राष्ट्र कसरी उठ्ला ?

जो दलका दास हुन सक्दैनन् , जो दलका नेताका दास बन्न सक्दैनन्, जो राज्य अवसर, नेता, राज्य निर्णय र न्याय किन्ने सामर्थ्य राख्दैनन् तर योग्य, सक्षम र प्रतिभासम्पन्न छन् , स्वाभिमानी छन्, तिनीहरू कसरी यो मुलुकमा सास फेरेर बाँचेका होलान् ?

प्रकाशित: ३१ जेष्ठ २०७८, सोमबार ११:२९
Comments
Loading...