No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गठबन्धनमा अविश्वास उत्पन्न हुन नदिने प्रचण्ड, देउवा र नेपालबीच सहमति

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार साँझ भेटवार्ता भएको छ ।

कोटेश्वरस्थित एमाले वरिष्ठ नेता नेपाल निवासमा नेताहरुबीच भेटवार्ता भएको हो । नेता नेपाललाई भेट्न प्रचण्ड र देउवा नेपाल निवास गएका हुन् । भेटमा सरकारलाई अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने काम नगर्न ध्यानाकर्षण गराउने विषयमा छलफल भएको बताइएको छ ।

वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न नभई देश, संविधान र लोकतन्त्रको रक्षाका लागि भएको नेताहरुले एकअर्कालाई आश्वस्त पारेका श्रोतले बताएको छ । त्यस्तै छलफलमा नेताहरुले एक आपसमा अविश्वास उत्पन्न गराउने कुराबाट सजग रहने प्रतिबद्धतासमेत जनाएका बताइएको छ ।

त्यस्तै नेताहरुबीच अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्न सरकारले गरेका प्रयत्नबारे छलफल भएको तथा अदालतको निष्पक्षतामा विश्वास, प्रभावित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराउने विषयमा छलफल भएको बताइएको छ ।

त्यस्तै उनीहरुबीच तत्काल सबैलाई पुग्नेगरी कोभिड विरुद्धको खोप तथा कोभिडका आहातमा रहेका जनताका लागि राहत प्याकेज उपलब्ध गराउन ध्यानाकर्षण गराउने विषयमा पनि छलफल भएको बताइएको छ । भेटमा प्रचण्ड, नेपाल, देउवाका साथै कांग्रेस नेता पूर्णबहादुर खड्का सहभागी थिए ।

प्रकाशित: ३१ जेष्ठ २०७८, सोमबार १६:१७
Comments
Loading...