No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमाले २०७५ जेठ २ गतेको अवस्थामा नफर्किदासम्म आत्मसमर्पण गरेर कुनै बैठकमा भाग लिन्नौंः रामकुमारी झाँक्री

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमाले २०७५ जेठ २ गतेको अवस्थामा नफर्किदासम्म आत्मसमर्पण गरेर हाम्रो तर्फबाट कुनै पनि स्थायी कमिटीका सदस्यहरूले भाग नलिने बताएकी छन् ।

मंगलबार राति सामाजिक संजालमार्फत झाँक्रीले यस्तो बताएकी हुन् । उनले लेखेकी छन्, ‘भोलि असार २ गते नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारवाला गुटको होला । हामीले आजसम्म उठाएका विषयहरूको सम्बोधनसहित नेकपा एमाले २०७५ जेठ २ गतेको अवस्थामा नफर्किदा सम्म आत्मसमर्पण गरेर हाम्रो तर्फबाट कुनै पनि स्थायी कमिटीका सदस्यहरूले भाग लिने कुरै आउँदैन । यो बीचमा पार्टी एकताको सकारात्मक पहल भएको पनि छैन। कोही पनि साथिहरू भ्रम नपर्न अनुरोध गर्दछु।’

प्रकाशित: १ असार २०७८, मंगलवार १७:५५
Comments
Loading...