No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मेलम्चीको दुर्दशा किन र कसरी भयो जाँच गर्नुहोस्

  •  
  •  
  •  
  •  
  •  

डा. युवराज संग्रौला ।
मैले विकासका नाममा जथाभावी डोजर चलाउने र जताततै खानी खन्ने जस्ता कुराको धेरै पटक कुरा उठाएँ । भूकम्पले थला पारेको सिन्धुपाल्चोकका डाँडाकाँडा सबै डोजरले खोतल्न काम भएको छ । विकासका नाम गरिएको यस्तो विनाशले देशलाई गरीबीले मात्र होइन, अब प्राकृति प्रकोपको मार पनि थपिने देख्न थालियो ।

हामी कथित सचेत मानिसले ‘नेपाल जिन्दावाद’ भन्ने राजनीति संस्कारका बारेमा कहिले पनि सोचेनौं । राष्ट्रको स्वार्थ नेता कार्यकर्ता नागरिक र दलहरुको स्वार्थ हुन सकेन । परिणाम भूमाफिया जंगल खाने, नेताले सहयोग गर्ने, माहामारीले गरिब मर्ने, फिल्डमा काम गर्ने मजदुर भ्याक्सिनका लागि फ्रन्टलाइन नपर्ने, विद्यार्थीले डिप्रेशनको सिकार हुनुपर्ने, बेथितिसँग लडेर सुशासन दिने राजनीति दल जुहारी र सत्ताको लंडाइँमा मस्त हुने, कस्तो राजनीतिक व्यवस्था हो यो ?
इतिहासबाट डराउनु होस् ।
मेलम्चीको दुर्दशा किन र कसरी भयो जाँच गर्नुहोस् ।
पीडित नागरिक सुमदायलाई सकेजति सबै सहयोग गरौँ ।

प्रकाशित: २ असार २०७८, बुधबार १४:११
Comments
Loading...