No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रभुराम शर्मा साउन २६ गतेदेखि कामु प्रधानसेनापति

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृतरथी प्रभुराम शर्मालाई यही साउन २६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोकेकी छन् ।

मन्त्रिपरिषद्को यही साउन १२ गतेको निर्णयबाट सिफारिस भएअनुसार उनलाई कायममुकायम प्रधानसेनापति तोकिएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षीय पदावधि आगामी भदौ २४ गतेदेखि समाप्त हुँदैछ ।

उनले अनिवार्य अवकाश पाउने हुँदा साउन २५ गतेदेखि घर बिदा बस्ने भएकाले ज्येष्ठताका क्रममा रहेका शर्मालाई कायममुकायम तोकिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित: १७ श्रावण २०७८, आईतवार १७:२४
Comments
Loading...