No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

संसदको गतिरोध अन्त्यका लागि सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध हटाउन सर्वदलीय बैठक बोलाएका छन् । नेकपा एमालेले लगातार संसद बैठक अवरोध गरेपछि त्यसको निकासका लागि सभामुखले सोमबारका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले सोमबार दिउँसो साढे दुई बजे बस्ने गरी सर्वदलीय बैठक राखेका हुन् । एमालेले आज पनि संसद बैठक अवरोध गरेको थियो ।

आफूले गरेको १४ सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा नेकपा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । सभामुख सापकोटाले आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र नेकपा एमालेका सांसदहरुसँग छलफल गरेका थिए ।

छलफलका क्रममा एमालेले सभामुखबाट विश्वासको बातावरण नबनाएसम्म संसद् अवरोध कायमै राख्ने अडान लिएका थिए ।

प्रकाशित: २७ भाद्र २०७८, आईतवार १०:१९
Comments
Loading...