No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

५२२ जनामा कोरोना संक्रमण, ८७७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५२२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८०९०५६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८७७ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७८७५०७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११३४८ पुगेको छ । क्वारेन्टाइनमा २२० जना छन् भने आइसोलेसनमा १०२०१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रकाशित: ७ कार्तिक २०७८, आईतवार ११:३१
Comments
Loading...