No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

तिहार लगत्तै राप्रपा दोलखाले स्वास्थ्य सामाग्री वितरण गर्ने

उक्त अवसरमा केन्द्रीय सदस्य खडकाले प्राप्त सबै स्वास्थ्य समानको उचित सदुपयोग हुने प्रतिवद्धता जनाउनु भयो । उहाँले दुर्गम गाँउहरूमा स्वास्थ्य सामाग्री वितरणमा भुमिका खेल्ने सवैप्रति दोलखेली जनताको तर्फबाट आभार व्यक्त गर्नु भयो ।

काठमाण्डौं । तिहार लगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले जिल्ला स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामाग्रीहरु वितरण गर्ने भएको छ । हङकङवाट त्रिलोक गुरूङको सहयोगमा प्राप्त २६ थान अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामाग्री राप्रपा दोलखाले वितरण गर्ने भएको हो । मनकारी सहयोगीहरुबाट प्राप्त स्वास्थ्य सामाग्री राप्रपा दोलखाले लक्षित वर्ग र समुदायमा हस्तान्तरण गर्न लागेको हो । हङकङवाट त्रिलोक गुरूङको सहयोगमा अक्सिजन कन्सन्ट्रेटर २६ थान राप्रपाको दोलखा जिल्ला कमिटीलाई वुधवार हस्तान्तरण गरिएको छ । एक विशेष समारोहका वीच एनआारएनए केन्द्रीय कार्यालयमा पुर्व अध्यक्ष तथा व्यवासायी शेष घलेले स्वास्थ्य सामाग्रीहरु राप्रपा कार्यसम्पादन समिति सदस्य विजय खडका मार्फत हस्तान्तरण गर्नु भएको थियो ।

उक्त अवसरमा आफ्नो धारणा राख्दै पुर्व अध्यक्ष घलेले सामानको उचित र पुर्ण सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नु भयो । उहाँले एनआारएनए नेपालको हरेक समस्यामा जनताको साथ रहेको पनि वताउनु भयो ।

यस्तै अक्सिजन कन्सन्ट्रेटर वितरण कार्यक्रमलाई सम्वोधन गर्दै राप्रपा कार्य सम्पादन समिति सदस्य विजय खडकाले दोलखा जिल्लाको लागि अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउन भुमिकाको लागि राप्रपा कोषाध्यक्ष चन्द्रवहादुर गुरूङ हङकङ निवासी त्रिलोक गुरूङ,फन्ड रेज गर्ने द हंगकंग एक्स सर्भिसम्यान एशोसिएसन लगायत सवै प्रति आभार व्यक्त गर्नु भयो ।

उक्त अवसरमा केन्द्रीय सदस्य खडकाले प्राप्त सबै स्वास्थ्य समानको उचित सदुपयोग हुने प्रतिवद्धता जनाउनु भयो । उहाँले दुर्गम गाँउहरूमा स्वास्थ्य सामाग्री वितरणमा भुमिका खेल्ने सवैप्रति दोलखेली जनताको तर्फबाट आभार व्यक्त गर्नु भयो । उक्त कार्यक्रममा एनआरएनए आईसिसि उपाध्यक्ष सोनाम लाम लगायत एनआरएनएका सचिवालय सदस्यहरू तथा दोलखा राप्रपाका नेताहरू केन्द्रीय कार्यसम्पादन समिति सदस्य प्रविण थोकर,केन्द्रीय सदस्य सुन्दरप्रकाश खडका,महिला नेतृ मोनिका श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । प्राप्त स्वास्थ्य सामाग्रीहरु तिहार लगत्तै जिल्लाको  स्वास्थ्य चौकिहरूमा वितरण गरिने जनाइएको छ । st

0:00 / 0:22
0:07 / 0:21
प्रकाशित: १७ कार्तिक २०७८, बुधबार १३:२०
Comments
Loading...