No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राजनितिकरण कारणबाट न्यायलयलाई भ्रष्टिकरण हुनबाट जोगाउँ

तसर्थ यो दलालिय संसदिय ब्यबस्था बिरुद्ध सम्पुर्ण जनता जागौ र ध्वस्त बनाऊँ।

ॐ श्री गणेशाय नमः
मितिः- कार्तिक कृष्ण औंसी १८ गते कार्तिक २०७८ साल।
बिषयः राजनितिकरण कारणबाट न्यायलयलाई भ्रष्टिकरण हुनबाट जोगाउँ।
ॐ आदेश।
बिदेशी दलाल राजनितिक दलका नेताहरुले बिभिन्न समयमा व्यवस्था परिवर्तनको बहानामा नेपालको प्रमुख अंग, संघ-संस्था तथा राज्यका संयन्त्रहरू पार्टिका कार्यकर्ता भर्ति केन्द्र बनाइ नेपाल राष्ट्रको प्रमुख अंग, संघ-संस्था तथा संयन्त्रहरूलाई पङ्गु, निष्क्रिय, अव्यबस्थित, भ्रष्टाचार तथा अनियमितताको प्रमुख केन्द्र बनाई बिदेशीलाई खेल्ने सहज मैदान बनाईएको सर्वविदितै छ। लम्पसारवादी नेताहरुको यस किसिमको घृणित कृयाकलापको राष्ट्रिय सरोकार मञ्च नेपाल परिवार सदैव खेद तथा भत्षर्ना प्रकट गर्दै आएको छ। हाल प्रधानन्यायाधीश लाई प्रमुख बिषय बनाई न्यायालयमा राजनितिकरण गरी पार्टीको औंलामा नचाई न्याय दिने न्यायलय माथी खेलवाड गर्दा गंभीर प्रश्न चिन्ह उठेको छ। न्याय नपाए गोर्खा जानु भन्ने मुलुक तथा धर्म भाकेर न्यायोचित न्याय दिने मौलिक ब्यवस्था भएको देशमा बिदेशी दास नेताद्वारा नगतले भरिएको ब्रिफकेस नजराना लिई भर्ति गराईएका न्यायमुर्तिबाट न्याय पाइएला भन्ने कुनै आशा नगरे हुन्छ। न्यायलाई सेवमुलक बनाउन पर्नेमा न्यायलाई व्यवसायीकरण बनाई निमुखा तथा गरिब जनताको लागि न्यायबाट बन्चित गराइएको छ। कालो कोट धारण गर्ने तथाकथित विद्वान बर्गले सेटिङमा काम गर्ने र एऊटै बहसमा लाखौँ लाख लिने तथा पचास प्रतिशत हाराहारीमा काम गर्ने गर्दा ईतिहासमै न्यायालय अस्त व्यस्त तथा ध्वस्त भएको देखिन्छ ‌।
प्रधान न्यायाधीशले राजिनामा दिंदैमा अहिले न्यायालय सच्चिएको ठानिदैन। के राजिनामा मात्रै अहिलेको समस्याको समाधान हुन्छ र? ललिता निवास काण्डको फैसलामा ठुला माछा फस्ने भएर कतै अहिलेको नाटक मञ्चन भएको त होइन? अहिलेको अवस्थालाई‌ गहिरेर हेर्ने हो भने न्यायलयमा उचित सरसफाईको जरूरत छ। टिका लगाएर फलानालाई समय तोकि प्रधानमन्त्री बनाईदिने प्रधान न्यायाधीसले भागबण्डा मागे त के गलत भयो? टिके प्रधानमन्त्री स्विकार गर्नेले भागवण्डा किन स्विकार गर्दैन? गरिब निमुखा तथा न्यायको पर्खाईमा बसेका न्यायका भोगीहरुले साँच्चिकै न्यायालयबाट न्याय पाउने अवस्था तथा परिस्थितिमा पुराउने भए सम्पुर्ण न्यायमुर्ति हरुलाई बर्खास्त गर्न पर्दछ। तत्पश्चात प्रशिक्षित इमान्दार, निष्ठावान, कर्मनिष्ठ युवा व्यक्तित्वलाई न्यायमुर्तिमा‌‌ ल्याउनु पर्दछ।
कालोकोट धारण गर्ने तथाकथित अधिवक्ताहरुको आय स्रोतको पनि सम्पुर्ण लेखा जोखा तथा छानबिन हुन पर्दछ। सेटिङ मिलाएर न्यायालयलाई अन्याय गर्ने तथाकथित अधिवक्ता तथा न्याय मुर्तिहरुलाई छानबिनको दायरामा ल्याई‌ उचित कार्वाही गर्नुपर्छ। सडक र जनतामा न्यायालय माथि उठेको बितृष्णा तथा अविश्वास ईतिहासमै कालो अक्षरले लेखिनेछ ‌यो‌ ध्रुविय सत्य हो। यस्को प्रमुख कारण भनेको यो व्यवस्था र भ्रष्ट तथा देश बेचुवा दलाल नेता हुन। तसर्थ यो दलालिय संसदिय ब्यबस्था बिरुद्ध सम्पुर्ण जनता जागौ र ध्वस्त बनाऊँ।
तसर्थ राष्ट्रिय सरोकार मञ्च नेपाल परिवार यो दलालि व्यवस्थाबाट भएको न्यायालयको भ्रष्टिकरण गर्ने कृयाकलापको बिरुद्ध आवाज बुलन्द गर्दछ। ईति।
जय गोरख ।। जय कर्मनिष्ठ। जय राष्ट्र।
सोम बिक्रम सिंह
कर्मनिष्ठ अभियन्ता तथा केन्द्रिय अध्यक्ष
राष्ट्रिय सरोकार मञ्च नेपाल।
May be an image of text
प्रकाशित: १८ कार्तिक २०७८, बिहीबार १६:२०
Comments
Loading...