No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

टोङ्गामा राहत पुर्याउने प्रयास गरिँदै

0

टोङ्गामा शनिबारको ज्वालामुखी विस्फोटनपछि सिर्जित अवस्थामा अत्यावश्यक आपूर्ति सुरु गर्न त्यहाँको मुख्य विमानस्थलबाट खरानी हटाउने प्रयास भइरहेको छ । प्रशान्त महासागरको उक्त टापुमा खाद्यान्न र पानी आउने आसमा झन्डै २०० मानिसहरू बेल्चा र सामान बोक्ने औजारहरूसाथ विमानस्थल सफा गरिरहेका छन् ।

विपद्मा परेर अहिलेसम्म त्यहाँ चार जनाको मृत्यु भएको विवरण आएको छ । जसमा तीनजना त्यहीँका नागरिक र एक ब्रिटिश महिला छन् । विष्फोटपछि निस्किएको धुँवाधुलोको मुस्लो आकाशमा २० किलोमिटर माथिसम्म पुगेको थियो । बुधवार बिहानै टोङ्गामा उक्त क्षेत्रका लागि राष्ट्रसङ्घीय प्रतिनिधि जोनाथन भिचले मुख्य द्विप टोङ्गाटपुमा खरानी हटाउने काम सोचिएभन्दा निकै कठिन देखिएको बताएका छन् ।

तर उनले राम्रो प्रगति भइरहेको भन्दै त्यहाँ छिट्टै उडानहरू सुरु हुनसक्ने जनाएका छन् । समुद्रमुनी तार रहेको उक्त टापुसँगको एउटा मात्र सञ्चार सञ्जालमा अवरोध आएपछि बाँकी विश्वसँग त्यस क्षेत्रको अधिकांश सम्पर्क टुटेको छ ।

न्यूजील्याण्डले खाद्यान्न, पानी र स्वास्थ्य सामाग्रीसाथ पठाएको पानीजहाज त्यहाँ पुग्न तीनदेखि चार दिनसम्म लाग्नसक्ने बताइएको छ । टोङ्गाको जनसङ्ख्या झन्डै एक लाख छ जहाँ १७० वटा टापुहरू सात लाख वर्ग किलोमिटरको क्षेत्रभित्र फैलिएका छन् । ७० प्रतिशत मानिसहरू एउटै टापुमा बस्छन् जहाँ निकै क्षति पुगेको ठानिएको छ।

प्रकाशित: ५ माघ २०७८, बुधबार ०३:४८

Leave a Reply