No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सवारी दुर्घटना गराई फरार भएका टिपर चालक कीर्तिपुरबाट पक्राउ

0

काठमाडौं । काठमाडौंको कोटेश्वरमा गएराति मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर कीर्तिपुरमा फेला परेको छ । प्रदेश ३–०२–०२६ प १८२४ नम्बरको मोटरसाइकल ठक्कर दिइ फरार भएको टिपर कीर्तिपुरमा फेला परेको हो ।

टिपरको ठक्करबाट मोरङको पथरी घर भई भक्तपुरको सल्लाघारी बस्ने २७ वर्षीय प्रकाश लिम्बूको मृत्यु भएको थियो । उपचारका लागि ट्रमा सेन्टरमा लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मोटरसाइकलमा पछाडि सवार काभ्रेको नमोबुद्द नगरपालिका घर भई बनेपा बस्दै आएका ३१ वर्षीय देव लामा घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार हिजो टिपरको नम्बर पहिचान हुन सकेको थिएन ।

प्रहरी परिचालन गरी अनुसन्धान गर्दै जाँदा आज बिहान कीर्तिपुर, सुन्दरीघाटस्थित दोभानमा लुकाइराखेको अवस्थामा टिपर र चालक फेला परेका थिए ।

प्रकाशित: ५ माघ २०७८, बुधबार ०७:४३

Leave a Reply