No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बाली बम हमलाका आरोपीलाई १५ वर्षको जेल सजाय

0

इन्डोनेसियाको एउटा अदालतले बालीको रिसोर्ट टापुमा २००२ मा भएको बम विष्फोटमा भूमिका खेलेको आरोपमा बुधबार अल–कायदासँग सम्बन्धित इस्लामवादी लडाकूलाई १५ वर्षको जेल सजाय सुनाएको छ ।

संयुक्त राज्य अमेरिकामा ९/११ आक्रमणको एक वर्षपछि इन्डोनेसियाको बालीमा विदेशी पर्यटकहरूले खचाखच भरिएका रिसोर्ट टापूमा भएको हमला इन्डोनेसियाको इतिहासमा सबैभन्दा घातक आतंकवादी हमला बनेको थियो ।

जेमाह इस्लामियाह आतंकवादी समूहका उच्च पदस्थ सदस्य जुल्कर्नाइनलाई लगभग १८ वर्ष फरार रहेपछि डिसेम्बर २०२० मा पक्राउ गरिएको थियो । उनी बाली बम विष्फोटका साथै उनको कमाण्डमा रहेको विशेष एकाईले गरेका अन्य धेरै आक्रमणहरूको लागि मुद्दा चलिरहेको थियो । उनलाई १५ वर्षको जेल सजाय सुनाइएको छ ।

 

प्रकाशित: ५ माघ २०७८, बुधबार १२:१७

Leave a Reply