No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

२४ लाख डोज खोप गायब भएको विषय छानबिन गर्न सरकार किन हुँदैन तयार ?

0

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले कोभिडविरुद्धको २४ लाख डोज खोप गायब भएको विषय छानबिन गर्न माग गरेका छन् । बिहीबार सामाजिक संजालमार्फत रावलले यस्तो गम्भीर विषयमा सरकार छानबिन गर्न तयार नभएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्, ‘देशमा कोरोना विषाणुको संक्रमण फेरि बढिरहेको बेला २४ लाख खोप गायब भएको कुरा स्वास्थ्य मन्त्रालयका अधिकारीले नै सार्वजनिक गरेका छन् । यस्तो गम्भीर विषयमा छानबिन गर्न सरकार किन तयार हुँदैन ? कानून, जिम्मेवारी र नैतिकता कहाँ हरायो ?’

मंगलबारको संसदीय समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका अधिकारीले २० देखि २४ लाख डोज खोपको रेकर्ड नभएको बताएका थिए ।

त्यस्तै रावलले देशको हित, स्वाधीनता र स्वाभिमानलाई निजी स्वार्थको वलिवेदीमा होम्ने कुकार्यका परिणामबाट पाठ सिक्न तयार नहुने नेताहरु नै समस्याको जड भएको बताएका छन् ।

उनले भनेका छन्, ‘शक्ति र सत्ताको स्रोत जनता भएको तथ्यप्रति आँखा चिम्ली विदेशी शक्तिलाई रिझाउन तँछाडमछाड गर्ने,देशको हित,स्वाधीनता र स्वाभिमानलाई निजी स्वार्थको वलिवेदीमा होम्ने कुकार्यका परिणामबाट पाठ सिक्न तयार नहुने नेताहरू नै समस्याका जड हुन्।राष्ट्रिय हितलाई सर्वोपरी ठान्ने सद् बुद्धि पलाओस् !’

 

प्रकाशित: ६ माघ २०७८, बिहीबार ०६:२४

Leave a Reply