No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ग्रीस पुगे ६ वटा फ्रान्सेली राफेल लडाकु विमान

0

फ्रान्सेली विमान निर्माता डसल्ट एभिएसनबाट ग्रीसले माग गरेका २४ वटा फ्रान्सेली निर्मित राफेल लडाकु विमानमध्ये पहिलो छ वटा बुधबार ग्रीस आइपुगेका छन् । बाँकी जेटहरू यस वर्षको अन्त्यमा र सन् २०२३ सम्ममा पठाइने बताइएको छ।

ग्रीसले १६ महिना अघि ग्रीक सशस्त्र बलको प्रतिरोध क्षमतालाई बलियो बनाउन पाँच वर्षे योजनाको रूपमा जेटहरू खरिद गर्ने निर्णय गरेको थियो । डसल्ट एभिएसनसँगको सम्झौतालाई एथेन्स र पेरिसले ग्रीक–फ्रान्सेली सहयोगमा कोसेढुङ्गाको रूपमा लिएका छन् । यसबाट युरोपलाई आफ्नै रणनीतिक स्वायत्तता निर्माण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ६ माघ २०७८, बिहीबार ०७:०४

Leave a Reply