No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गौर हत्याकाण्ड दोहोरिन सक्ने भौतिक पूर्वाधारमन्त्री रेणु यादवको चेतावनी

0

रौतहट । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले गौर हत्याकाण्ड दोहोर्याउने धम्की दिएकी छन् । मधेश आन्दोलन दिवसको अवसरमा रौतहटको गौरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री यादवले १५ वर्ष पहिले जस्तै गौर हत्याकाण्ड मच्चाउने धम्की दिएका हुन् ।

बुधबार गौरमा जनमत पार्टीका कार्यकर्ताले मन्त्री यादवलाई लखेटेपछि उनले यस्तो अभिव्यक्ति दिएकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘तुफानसँग टकराउन खोज्यौं भने राइस मिलमा जे भयो भएको थियो त्यही हालत गर्छौं। राइसमिल अझै जीवित छ।’

उनले सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तालाई मधेशमा लाठी प्रदर्शन नगर्न चेतावनी दिएकी छन् । जनमत पार्टीले तराईमधेशका विभिन्न जिल्लामा किसानले समयमा मल नपाएको, झूटा मुद्दा लगाइएकोलगायतका मुद्दा उचाल्दै निरन्तर आन्दोलन गरिरहेको छ । उनले सीके राउतसँग मधेसका कुनै एजेन्डा नभएको र केही एजेन्डा चहिए आफूहरुले दिने बताइन् ।

राइस मिलमा २०६३ चैत सात गते तत्कालीन नेकपा (माओवादी) का २८ जना कार्यकर्ताको निर्ममतापूर्वक हत्या भएको थियो । मन्त्री यादवकै तत्कालीन पार्टी मधेशी जनअधिकार फोरमका कार्यकर्ताले एउटै स्थानमा सभा गरेको निहुँमा माओवादी कार्यकर्ताको हत्या गरेका थिए ।

प्रकाशित: ६ माघ २०७८, बिहीबार ०८:१८

Leave a Reply