No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ट्रक विष्फोट हुँदा घानामा कम्तीमा १७ जनाको मृत्यु

0

घानाको पश्चिमी क्षेत्रमा ट्रक विष्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । घाना वेब न्युज आउटलेटका अनुसार मोटरसाइकलसँग ठोक्किएपछि उत्खनन कार्यका लागि विष्फोटक पदार्थ बोकेको ट्रकमा विष्फोटन भएको थियो।

विष्फोटबाट नजिकैका भवन र पूर्वाधारमा पनि ठूलो क्षति पुगेको जनाइएको छ । सञ्चारमाध्यमहरूले घटनामा करिब ६० जना घाइते भएका पनि उल्लेख गरेका छन्। यद्यपि घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ ।

प्रकाशित: ७ माघ २०७८, शुक्रबार ०८:२८

Leave a Reply