‘सामन्तीहरूले एक गिलास महंगो रक्सी पिउँदै गर्दा मेरो गाउँमा एक गिलास जीवन जल पिउन नपाएर मान्छे मरिरहन्छन्’

७ माघ २०७८, शुक्रबार ०९:२३

दीपकराज जोशी ।

यहाँका सामन्तीहरूले एक गिलास महँगो रक्सी पिउँदै गर्दा मेरो गाउँमा एक गिलास जीवन जल पिउन नपाएर मान्छे मरिरहन्छन्। महंगा रक्सी, आइफोन , ठूला कर्व टीबी, गरगहना, महंगा गाडी, महंगा लत्ता कपडाकाे अभाव कहिल्यै भएन मेरो देशमा तर ज्वरो आउदा खाने सिटामोल , झाडा पखाला लाग्दा पिउने जीबन जल भने जनताको पहुँच बाहिरै रह्यो। प्रत्येक दिन केही व्यक्ति धनी हुँदै गर्दा देश र जनता गरिब बन्दै जान्छन्।

टिकट किनेर चुनाव जितेको केही वर्षमा नै जनताको सेवाको नारा बोकेर चुनाव जितेकाहरुको जीवनशैलीमा आकाश पातालको परिवर्तन भएको हामीले नदेखेका होइनौँ। ९० को दशकमा साधारण जागिर खाएर स्कुटर मा हिँड्नेहरू सँग आज अरबौँको सम्पत्ति छ।बिना कुनै व्यापार जागिरकै भरमा ५ करोडको घर, २ करोडको गाडी, महँगा ब्राण्डेड लता कपडा ,समान कसरी खरिद गर्न सकिन्छ। यस्तो जीवन शैलीलाई अपनाउन कम्तिमा पनि महिनाको ५ लाख लाग्छ।र पनि तिनलाई पुगिरहेको छ।

तर एउटा नेपाली ३० हजारको जागिर खान प्रत्येक दिन खाडी जान बाध्य भएको छ। जागिर खाएको पैसा लिएर उ जिउँदो फर्कन्छ या बाकसमा फर्कने हो त्यो पनि निश्चित छैन। र पनि यो बेथितिको बिरुद्ध निस्कने आवाज किन त्यति चर्को छैन? सर्वहारावर्गको मुठ्ठी एक भयो भने चट्टानको चोट दिन सकिन्छ र पनि किन मौन छौँ हामी? आज नबोले कहिले बोल्ने? तपाइँले नबोले कसले बोल्ने?

आउनुहोस् यस्ता राजनीति गर्ने र समाज सेवा गर्नेलाई आजै ढुङ्गा हानौँ। कालो मोसो दलौँ । बहिष्कार गरौँ । जरुरत पर्‍यो भने बन्दुक उठाउन पछि नपरौँ। अब उठ्ने बन्दुकको गोली निहत्था ,दुखी, गरिब , बालबालिका र शिक्षकलाई नभएर यो समाजलाई खोक्रो पार्ने धमिराहरुलाई हुनुपर्छ।
मलाई यतिबेला राहत इन्दोरीको एउटा शेर याद आइरहेको छ।
” जो तौर हे दुनियांका उसी तौर से बोलो
बहेरों का इलाका हे जरा जोर से बोलो”