No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित

0

काठमाडौँ । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले शुक्रबार विज्ञप्ति जारी गरी १६ जिल्लाको अधिवेशन स्थगित भएको जानकारी दिएका हु्न । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछामको अधिवेशन स्थगित भएको हो । यी जिल्लामा माघ १५ गतेको लागि अधिवेशन तोकिएको थियो ।

तर, कोभिड संक्रमण बढ्दै गएपछि अधिवेशन स्थगित भएको निर्वाचन समितिले जनाएको छ । कोभिड संक्रमण घट्दै गएर जनजीवन सामान्य भएपछि पुनः यी जिल्लाको अधिवेशन हुने विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: ७ माघ २०७८, शुक्रबार ०९:५६

Leave a Reply