No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बिक्की परियारको ‘एकै नजरमा’

0

काठमाडौं । युवाले सुन्दरीयुवती देखेपछि मनमाआउने रोमाञ्चकभावलाई समेटेर तयार पारिएको ‘एकै नजरमा’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक बिक्की परियारको स्वरमा सजिएको यस गीतमा शब्द विष्णुबाबु देवकोटाको रहेको छ । टीका दाहालले सङ्गीतवद्ध गरेको गीतमा राहुल प्रधानले सङ्गीत संयोजन गरेका छन् । कालिञ्चोकमा छायाङ्कन गरिएको म्युजिक भिडियो बुद्ध थापाले छायाङ्कन गरेका हुन् । विकास लामिछाने र बिना राउतले भिडियोमा अभिनय गरेका छन् ।

भिडियोको सम्पादन दिन्सन शाहले गरेका छन् । केशवराज भट्टको निर्देशनमा भिडियो तयार पारिएको हो । सङ्गीतकार दाहालको आधिकारिक च्यानल ‘टीका दाहाल म्युजिक’मार्फत् भिडियो सार्वजनिक भएको छ ।

प्रकाशित: ७ माघ २०७८, शुक्रबार १२:१६

Leave a Reply