No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न गिराेह पक्राउ

0

काठमाडौँ । भर्चुअल मुद्रा (क्रिप्टोकरेन्सी)को कारोबारमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गिरोहमा संलग्न तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्वतका २१ वर्षीय राजन भट्टराई, सुनसरीका २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौंका २७ वर्षीय दिपेनराज श्रेष्ठ छन् । पक्राउ परेका मध्ये भट्टराईले हालसम्म ९७५ जनासँग एक हजार ९२६ पटक कारोबार गरेको भेटिएको छ भने एक महिनामै १६ लाख बराबरको कारोबार भएको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका तीनै जनालाई बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित: ७ माघ २०७८, शुक्रबार १२:३८

Leave a Reply