Ujyaalo Nepal
No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

Ujyaalonepal Ujyaalonepal - No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

१४ आश्विन २०८०, आईतवार
  • गृहपृष्ठ
  • अन्तर्वार्ता
  • अर्थ वाणिज्य
  • कला/साहित्य
  • खेल
  • सम्पादकीय
  • विचार / ब्लग
  • समाचार
  • समाज
Flash News
  • अभिनेता अनमोल केसी रिहा
  • आधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प्रस्ताव
  • स्पेनको नाइटक्लबमा आगो लाग्दा सात जनाको मृत्यु
  • समाजवादी मोर्चालाई सरकार चलाउन दिएर मन्त्री फिर्ता बोलाऔंः महामन्त्री थापा
  • प्रधानमन्त्रीको भ्रमणबाट चीनसँगको सम्बन्धमा नयाँ आयाम थपिएको माओवादीको निष्कर्ष
Ujyaalo Nepal
  • Home
  • Main News
  • विराट राजाको दरबार उत्खननका क्रममा ऐतिहासिक वस्तु वा भाग्नावशेष फेला

विराट राजाको दरबार उत्खननका क्रममा ऐतिहासिक वस्तु वा भाग्नावशेष फेला

By ujyaalo nepal On ८ माघ २०७८, शनिबार १६:३७
0
Share

विराटनगर । मोरङको बुधनगर भेडियारीस्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन भइरहेको छ । पुरातत्व विभागबाट गरिएको उत्खननअनुसार विराट राजाको दरबार भनिएअनुसारको उत्खननबाट ऐतिहासिक वस्तु वा भाग्नावशेष पाइएको बताइएको छ ।

विराट राजाको दरबार क्षेत्र भनिएको स्थानमा विसं २०२६ मा पुरातत्व विभागबाट आएका अधिकृत तारानाथ मिश्रले उत्खनन कामको सुरुवातपछि विभागबाट प्रकाश दर्नाल, उद्धव आचार्य, शालिकराम कट्टेल, सन्दीप खनालले थोरबहुत उत्खननको काम गरिसकेपछि गएको पुस २६ गतेदेखि पुरातत्व विभागबाट खटिएका पुरातात्विक अधिकृत भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खननको काम जारी छ । सम्भवतः अझ दुई दिन उत्खननको काम हुने अधिकृत ज्ञवालीले बताए ।

उनले विराट राजा दरबार भनिएको स्थानमा अहिले उत्खनन गर्दा एउटा ऐतिहासिक मन्दिर देखिएको छ भने मन्दिरदेखि २०० मिटर पश्चिम स्थानीय महेन्द्र मण्डलले जोतभोग गरेको जग्गामा केही भागमा उत्खनन गर्दा दोस्रो शताब्दीको पहिचान हुने किसिमको घना बस्ती हुनसक्ने अनुमान गरेका छन् । उत्खनन गर्दा खासै महत्वपूर्ण वस्तु फेला नपरे पनि त्यस समयमा प्रयोग हुने ३४ सेमी लम्बाइ, २५ सेमी चौडाइ र पाँच सेमी मोटाइ भएको इँटा पाइएको छ ।

त्यहाँ माटा अन्य सामग्री पनि फेला परेको र यसलाई सफा गरेर प्याकेजिङको काम भइरहेको बताइएको छ । मानव बस्ती, एकीकृत भन्सार जाँचचौकीसमेतले अतिक्रमण भएको विराट राजाको दरबार क्षेत्र खुम्चिएको छ भने यहाँ लगभग १३ देशका पुरातात्विक विभागका मानिसले अवलोकन गरिसकेको विराट राजाको रेखदेख एवं संरक्षणमा लागेका स्थानीय नवकिशोर यादवले बताए ।

उनले विराट राजाकै दरबार हो भन्ने कुरामा दुईमत नरहेको भन्दै विराट राजाको दरबार लगभग डेढ किलोमिटर उत्तरपूर्व, दक्षिण र पश्चिमसम्म फैलिएको अनुमान लगाउन सकिने बताए । उनले यहाँ फेला परेका वस्तुमा सिमाला, पुवाँलो, पुलिङ, रत्न, निलम, ग्रेनाइट, लसुनिया, गमेद, लाल मुँगा र रुवेस्ट तथा केही सिक्का सुरक्षित राखेको जानकारी दिए ।  विसं २०५२ मा सपना देखेर नै यसको रेखदेख एवं संरक्षणमा लागेदेखि आफूले यहाँ अतिमूल्यवान वस्तुहरू फेला पारेको र यी सबै वस्तुहरू आफ्नै सङ्ग्रहालयमा सुरक्षित राखेका जानकारी दिए । ।

सरकारी पहुँच नभएर यसको प्रचार, प्रसार एवं उत्खननबाट वास्तविक पहिचान हुन नसकेको यो क्षेत्रमा प्रदेश नं २ को तत्कालीन प्रदेश प्रमुख डा राजेश झा, प्रदेश नं १ को तत्कालीन प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लगायतले निरीक्षण एवं अवलोकन भइसकेको यो क्षेत्रको थोरै विकासमा विराट क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति मोरङले मद्दत गरेको स्थानीय युवा मुकेश यादवले बताए ।

विराट राजा दरबार क्षेत्रमा किचकबध पोखरीसहित थप संरचना देखिएको पुरातात्विक अधिकृत ज्ञवालीले प्रष्ट पार्दै भने, “झापाको किचकबध र यो विराट राजाको दरबारको भग्नावशेष हेर्दा एउटै समयको हो ।”

तस्वीर : मनोज दाहाल, रासस

Related

0
Share
प्रकाशित: ८ माघ २०७८, शनिबार १६:३७
You might also like सम्बन्धित समाचार

अभिनेता अनमोल केसी रिहा

आधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प्रस्ताव

समाजवादी मोर्चालाई सरकार चलाउन दिएर मन्त्री फिर्ता बोलाऔंः महामन्त्री थापा

प्रधानमन्त्रीको भ्रमणबाट चीनसँगको सम्बन्धमा नयाँ आयाम थपिएको माओवादीको निष्कर्ष

Prev Next

Leave a Reply Cancel reply

Purbanchal Hospital
Purbanchal hospital
kamanasewa bank
Purbanchal hospital

सूचना तथा प्रशारण विभाग दर्ता नं. १४७८/२०७६/७७ (सुरू दर्ता नं. ५- २०७३/०७४),
युएन मिडिया नेटवर्कका लागि प्रकाशक तथा प्रधान सम्पादक - सूर्य खड्का,
कार्यालय :– बानेश्वर-काठमाडौं, फोन :– 9841896857, E-Mail :- समाचारका लागि :
विज्ञापनका लागि : [email protected]

मार्केटिङ प्रमुख : युवराज दाहाल

© 2023 - Ujyaalo Nepal. All Rights Reserved.
Bug Handel by: Nabin karki