No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

हात्तीहरूको देखाउने दाँत हो कि चपाउने दाँत हो विद्युत् खपत बढाउने कुरा !

0

हरिप्रसाद रिमाल ।

१.अहिले शासन—सत्तामा बसेकाहरू जनतासँग आह्वान गरिरहेका छन्—‘विद्युत् खपत बढाउ ! विद्युत् खपत बढाउ !’ कसरी बढाउँने त जनताले विद्युत् खपत ? पहिले सर्वसाधारण जनताकै कुरा गरौँ न के भयो भने विद्युत् खपत् बढाउँन सक्छन् त जनताले ? एकै वाक्यमा भन्ने हो भने सरकारले विद्युत् महसुल घटाइदियो भने जनताले अनिवार्य रूपमा प्रयोग गरिरहेका खाना पकाउँने ग्याँस विस्थापित हुन सक्छ र जनता विद्युतीय चुल्होको प्रयोग गर्न थाल्छन् । त्यसका लागि पहिले सरकार उदार हुनुप¥यो ! महसुल घटाउँनुप¥यो । छिमेकी सानो देश भुटानले कसरी विश्वमै सबैभन्दा सस्तो दरमा विद्युत् महसुल लिएर जनतालाई त्यसको प्रयोगमा उत्साहित गरिरहेको छ त्यसबाट सिक्नुप¥यो । महसुल घटाउँन चाहिं दाँतबाट पसिना निकाल्ने अनि ‘विद्युत् खपत बढाउ’ भन्ने हो भने सरकारका त्यस्ता नकच्चरा कुरा कसरी सुन्न र सो अनुसार गर्न सक्छन् त जनता ?महसुल कम भयो भने ग्याँसको आयातमा खर्च हुने विदेशी मुद्रा मज्जासँग बचत गर्न सकिन्छ ।

२.विद्युत् खपत बढाउँने अर्को महत्वपूर्ण उपाय विद्युतीय यातायातका साधनको प्रयोग हो । दुर्भाग्य यस देशमा यस्ता विद्यावारिधिधारी अर्थशास्त्री व्यक्ति पनि अर्थमन्त्री भए, जसले आफ्ना मानिसलाई पोस्न चकलेटमा भन्सार महसुल घटाएर विद्युतीय साधनको आयातमा भन्सार महसुल बढाइदिए । अर्का त्यस्तै उपाधिधारी अर्थशास्त्री अर्थमन्त्रीले विद्युत साधनको आयात बढे तिनमा प्रयोग भएको ब्याट्री कहाँ लगेर थन्क्याउँने ? भन्ने लवस्तरो तर्क अधिसारेर विद्युतीय सवारी साधनलाई निरुत्साहित पारे । अब सरकारले हिम्मतिलो आँट गरेर निजी र सार्वजनिक साधनको प्रयोग बढाउँन त्यस्ता साधनमा भन्सार महसुल घटाइदिनुपर्छ । त्यसो भयो भने पेट्रोलियम पदार्थको आयात ह्वात्तै घटाउँन सकिन्छ र त्यसबाट विदेशी मुद्राको संचिति बढ्नुका साथै वातावरणीय क्षेत्रमा समेत उल्लेखनीय सकारात्मक प्रभाव पर्छ ।

३.राणाकालमा सञ्चालन भएको हेटौंडा—काठमाण्डौँ रोपवे (केबुलकार) ब्युँताउँने र अन्यत्र पनि कहाँ कहाँ सकिन्छ पहाडी भेगमा केबुलकार स्थापना प्राथमिकताका साथ गर्न सके विद्युतीय खपत बढ्नुका साथै ढुवानी भाडा पनि मजासँग घट्ने थियो । पेट्रलियम पदार्थ कम खपत भएर यसबाट पनि विदेशी मुद्राकै वचत हुन्थ्यो ।

४.उद्योगधन्दालाई प्रोत्साहन गर्दा पनि विद्युत् खपत बढ्थ्यो । तल्लो भागबाट पानी तान्न पम्पको मूल्यमा अनुदान दिएर विद्युत् महसुल घटाउँदा सिंचाईको सुविधा बढी कृषि उत्पादन बढ्थ्यो र विदेशबाट आयात गरिने तरकारी, फलफूल र अन्नबालीमा कमी आउँथ्यो ।

५.यति गरिसकेपछि विद्युत् खपत भएन भने अनि निकासीको कुरा गरेहुन्थ्यो । अहिले त कामभन्दा कुरा नै बढी भैरहेको छ । सरकारमा बस्नेहरू काम कम र कुरा बढी गरिरहेका छन् । सार्वभौम राष्ट्रका निम्ति कसैले दिन लागेको ५५ अर्ब रुपयाँको गरने दान के हो र ? त्यसलाई पचपन्न अर्ब डलर मात्र होइन कि खर्ब डलर जस्तै ढङ्गले व्याख्या गरिएको छ । त्यसलाई पनि विद्युत्विकास सँगै लगेर जोडी त्यो अनुदान नलिए यस देशमा विद्युत्को विकास नै ठप्प हुनेजस्तो गरी कोकोहोलो मच्चाइएको छ ।

प्रकाशित: ९ माघ २०७८, आईतवार ०३:२३

Leave a Reply