No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सरकारमाथि नेकपा एमालेका १५ आरोप(पूर्णपाठसहित)

0

काठमाडौं । नेकपा एमालेले सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनलाई विभिन्न बहानामा पर धकेल्न लागिपरेको आरोप लगाएको छ । आइतबार विज्ञप्ति जारी गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नेताहरूले प्रतिनिधिसभाको निर्वाचन २०७९ वैशाखमा गर्ने प्रस्ताव कुनै असल मनशायले नआएको बताएका हुन् ।

अध्यक्ष ओलीले गतवर्ष आफूले ताजा जनादेशको माग गर्दा अनेकौं प्रहार गरिएको भन्दै जनताको बीचमा जानुलाई ‘प्रतिगमन’ र जनादेशविपरीत जस्केलाबाट सरकार बनाउनुलाई ‘अग्रगमन‘ भन्ने भाष्य निर्माण गरिएको बताएका छन् ।

उनले भनेका छन्, ‘स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने विषयमा नेकपा एमालेको स्पष्ट द्विविधारहित र दृढ अडान छ । यस सम्बन्धमा गरिने कुनै पनि अलमल, धोखाधडी र बहानाबाजी पार्टीलाई किमार्थ स्वीकार्य हुने छैन । संविधान एवम् कानुनको यस स्पष्ट व्यवस्थालाई बेवास्ता गर्दै गठबन्धनका कतिपय नेताहरूले स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने प्रपञ्च गरिरहेका छन् । त्यसका लागि उनीहरूले संविधानको धारा २२५ को भ्रमपूर्ण व्याख्या गरिरहेका छन् ।’

अध्यक्ष ओलीले नेपालको संविधानले स्थानीय तहहरूको रिक्तताको परिकल्पनै नगरेको र जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने सबैभन्दा नजिकको सरकारको भूमिकामा खेलिरहेको उल्लेख गरेका छन् । निर्वाचन आयोगले समेत यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै २०७९ वैशाख १४ मा स्थानीय तहको निर्वाचनको मिति तोक्न ताकेता गरिसकेको उल्लेख गर्दै ओलीले यसलाई बेवास्ता गरिएको बताएका छन् ।

मुलुकको वर्तमान अवस्थाका बारेमा पत्रकार सम्मेलनमार्फत् पार्टीका आधिकारिक धारणाहरु सार्वजनिक गर्ने कार्यक्रम रहेकोमा अध्यक्ष ओलीमा कोभिड संक्रमण पुष्टि भएपछि प्रेस बक्तव्यमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित: ९ माघ २०७८, आईतवार ०७:०९

Leave a Reply