No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

धारा २२५ लाई राजनीतिक खिचडी पकाउन खोजिँदै

0

माधवकुमार बस्नेत ।

संविधानको धारा २२५ को पछिल्लो वाक्यलाई लिएर राजनीतिक खिचडी पकाउन खोजिँदैछ । धेरै राजनीतिक खिचडी पाकिसके । अब नपकाऊँ । चुनाव समयमै गरौं । मैले सबैखाले हिसाब गर्दा १३३ वटाभन्दा बढी त्रुटि छन् भनेर पहिलेदेखि नै भनि/लेखिरहेको छु । ऐनमा यस्ताखाले त्रुटि भएमा Doctrine of Reading down of a/the statute को सिद्धान्तअनुसार ठीकठाक पारिन्छ ।

नेपालमा नै पनि मैले गराएको छु (शब्दचाहिँ Reading down of the Statute परेको छैन) र संविधानका त्रुटिलाई चाहिँ अदालतहरूले फाल्तु (Redundant) घोषणा गर्छन् र गरेका पनि छन् । हाम्रो वर्तमान संविधानका केही आश्चर्यजनक विशेषताहरू छन्; जस्तै- यो ८ वर्ष लगाएर हतारमा बनाएको संविधान हो । यो संविधान निर्माणमा संविधान र संविधान निर्माणको (संविधान र संविधान निमार्णका दर्शन फरक-फरक हुन्) दर्शन बुझेकाहरूलाई बाहिर राखियो ।

यो संविधानमा हाम्रो आवश्यकता, चाहना र यथार्थ मात्र होइन बरू त्यसभन्दा बढी एक व्यक्तिको स्वार्थ/लहड, विदेशीका स्वार्थ र अवधारणात्मक/दार्शनिक अज्ञानताहरू पनि संवैधानिकीकरण भएका छन् । यस्तै यस्तै कारणहरूले भाषागत त्रुटि, हरहिसाबको त्रुटि तथा अवधारणात्मक त्रुटिसम्म छन् । त्यही भएर मैले २०७२ तिरै “संविधानको नाममा आएको छ । तर वास्तविक संविधान बनाउँनचाहिँ धेरै मेहनत गर्न बाँकी छ” भनेर लेखेको हो । दलहरू इमान्दार भएमा धारा २२५ को पछिल्लो वाक्यले संविधानको इमान्दार कार्यान्वयनलाई केही रोक्दैन । पछिल्लो वाक्य संविधान र जनतामाथि राजनीतिक बेइमानी गर्न आधार भएको छ । बेइमानहरूको औपधि हुँदैन । सबैको जय होस् !

प्रकाशित: १० माघ २०७८, सोमबार ०३:४१

Leave a Reply