No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

लिङ्देललाई लिङ्गरिङ गर्ने आयाेगकाे दुस्प्रयास किन?

कुनैपनि दलले दुई तिहाईकाे बहुमत ल्याएमा संविधानै परिवर्तन गर्ने अधिकार त्यसैभित्र सुरक्षित छ ।

0
हेम बिक्रम सिलवाल ।
अर्काले थाेपरेकाे शासन व्यवस्थामा जनताले सुशासन खाेज्नु दीयाे मुनी उज्यालाे खाेज्नु सरह हो । कुनै पनि दलकाे विधानबाट मूल सिद्धान्त हटाउन खाेज्नु निर्वाचन आयाेगकाे क्षेत्राधिकारभन्दा बाहिरकाे कुरा हो । नेपाली जनताले ००७ सालदेखि आजसम्म ७१ वर्षमा प्राप्त गरेकाे उपलब्धी भनेकै वाक स्वतन्त्रता, मानवअधिकार, विचारकाे स्वतन्त्रताकाे वारेन्टी ०७२ काे संविधानले सुनिश्चित गरेको छ । संविधानका धारा, उपधारा कुनै पनि अपरिवर्तनीय भन्ने छैन । आवश्यकतानुसार संसाेधन हुने भनिएको छ ।
कुनैपनि दलले दुई तिहाईकाे बहुमत ल्याएमा संविधानै परिवर्तन गर्ने अधिकार त्यसैभित्र सुरक्षित छ । आफ्नाे एजेन्डालाई प्रस्तुत गर्दै शान्तिपूर्णरूप जनमत प्राप्त गरी राजनीति गर्न सबै दललाई छुट । जस्तै राप्रपाकाे जस्तै राजसंस्था सहितको हिन्दू अधिराज्य भने तापनि, नेकपा माआेवादीका महासचिव विप्लप भनेझैँ जनमत प्राप्त गरेर वैजानिक समाजवाद वा सर्वहाराहरूकाे अधिनायकवाद प्राप्त गर्न पनि याे संविधानले छुट दिएकाे छ । पूर्वाग्रहै रूपमा निर्वाचन आयाेगले राप्रपालाई विधानबाट राजसंस्था र हिन्दू अधिराज्य हटाउ भन्नु हास्यास्पद कुरा हो । यदि हटाउनै पर्ने हो भने विधान संसोधन गरेर दल दर्ता गर्नुभन्दा सडक आन्दोलन मार्फत एजेन्डा पूनर्स्थापना गर्नु पनि लाेकतान्त्रिक परिपाटी भनिन्छ । संसारमा शान्तिपूर्ण आन्दोलनले परिवर्तन भएका/गरिएका धेरै देशहरू छन् । त्यसमध्ये आज नेपाल पनि हाे । चाहे ००७ साल, ०३६ साल, ०४६ साल र चाहे ०६२/०६३ साल हाेस्, प्रजातान्त्रिक परिपाटी बाट परिवर्तन भएकै हुन् । स्मरण रहोस् । राप्रपालाई सडक आन्दाेलनमा जानुकाे विकल्प छैन । यदि विधान संसोधन गरेर दल दर्ता गर्ने प्रक्रिया अघि बढेमा यसकाे पनि भविष्य छैन । सम्पूर्ण राष्ट्रवादी शक्ति हरूलाई गाेलबद्ध गरी आन्दाेलनकाे आँधिबेहरी सिर्जना गराेस् भनि स्वतन्त्र नागरिक समाज काे सुभेच्छा छ । यदि भएन भने अब अर्काे अमूर्त शक्ति जन्मन सक्ने कुरा नकार्न सकिन्न ।
जय गाेरख
संयोजक
हेम विक्रम सिलवाल
स्वतन्त्र नागरिक समाज
पाटनढाेका
पिपलबाेट, ललितपुर
May be an image of 1 person, sitting and indoor
प्रकाशित: १० माघ २०७८, सोमबार ०९:४७

Leave a Reply