No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मरिससको राष्ट्रिय फुटबल टोली नेपालमा

0

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्न अफ्रिकी राष्ट्र मरिससको राष्ट्रिय फुटबल टोली सोमबार नेपाल आइपुगेको छ । मरिससको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए ।

नेपालले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मरिसस र नेपालबीचको पहिलो खेल शनिबार र दोस्रो खेल मङ्गलबार हुनेछ । नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो ।

त्यस्तै, नेपालले पछिल्लो पटक सेप्टेम्बरमा भारतसँग दशरथ रङ्गशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकिएको थियो भने दोस्रो खेलमा नेपाल भारतसँग १–० गोलले पराजित भएको थियो ।

प्रकाशित: १० माघ २०७८, सोमबार १५:४५

Leave a Reply