No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भारतमा २ लाख ५५ हजारलाई कोरोना संक्रमण

0

भारतमा कोरोना संक्रमितको संख्या घट्न थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५५ हजार ८७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो दिन भारतमा ३ लाख ६ हजार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो चार दिनयता भारतमा संक्रमित संख्या घट्दो छ। आइतवार ३ लाख ३३ हजार ५३३ र शनिबार ३ लाख ३७ हजार ७०४ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यसैगरि शुक्रबारको तथ्याङ्क हेर्ने हो भने ३ लाख ४७ हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतमा सक्रिय संक्रमितको संख्या २२ लाख ३६ हजार ८४२ पुगेको छ।

 

प्रकाशित: ११ माघ २०७८, मंगलवार ०५:४०

Leave a Reply