No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमालेले भन्यो-सरकार जनतालाई राहत सुविधा दिनुभन्दा एमालेविरुद्ध षड्यन्त्रमा केन्द्रित भयो

0

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदले गठबन्धन सरकार राष्ट्र र जनताको सरोकारका सवालमा ज्यादा अनुत्तरदायी भएको आरोप लगाएको छ ।

परिषदका अध्यक्ष अमृतकुमार बोहराले मंगलबार विज्ञप्ति जारी गरी राज्यका सबै अंगहरु प्रायः अस्तव्यस्त भएका, आम जनता महंगीको चर्को मार खेप्न बाध्य तथा कोरोनाको खोपसम्म राम्ररी दिन नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् । उनले सरकार जनतालाई राहत सुविधा दिनुभन्दा एमाले विरुद्ध षड्यन्त्रमा केन्द्रित रहेको आरोप लगाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यतिखेर देशमा गठबन्धनको सरकार छ । यो राष्ट्र र जनताको सरोकारका सवालमा ज्यादा अनुत्तरदायी छ । राज्यका सबै अंगहरु प्रायः अस्तव्यस्त छन् । आम जनता महंगीको चर्को मार खेप्न बाध्य छन् । कोरोनाको खोपसम्म राम्ररी दिनसकेको छैन । खोपमा अपचलन भएका कुराहरु आइरहेका छन् । औषधिको नाममा सिटामोलजस्तो सामान्य औषधी समेत नागरिकले राम्ररी पाउन सक्तैनन् । सरकार जनतालाई राहत सुविधा दिनुभन्दा नेकपा (एमाले) विरुद्ध षड्यन्त्रमा केन्द्रित छ । यस्तो अवस्थामा हामी राजनीतिक तथा वैचारिक रुपमा अझ सजग तथा सक्रिय बन्नु जरुरी छ । विरोधीहरुले फैलाएको भ्रमहरुलाई चिर्दै पार्टीको आन्तरिक एकतालाई सुदृढ पार्न बढी केन्द्रित बन्नुपर्दछ ।’

प्रकाशित: ११ माघ २०७८, मंगलवार ०८:०५

Leave a Reply