No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्रियसभा निर्वाचनमा राप्रपाले प्रदेश एकमा मात्र मतदान गर्ने

0

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना स्थानीय तहका जनप्रतिनिधि र प्रदेशसभा सदस्यलाई राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश एकमा मात्र मतदान गर्न आह्वान गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गरी राप्रपाले प्रदेश नम्बर एक बाहेक अन्यत्र आफ्नो पार्टीका उमेदवार नभएकाले उम्मेदवार नभएका प्रदेशमा मतदान नगर्न आह्वान गरेको हो । राप्रपाले प्रदेश–१ मा भने आफ्ना उमेदवारलाई मतदान गर्न भनेको छ ।

 

प्रकाशित: ११ माघ २०७८, मंगलवार ०९:०६

Leave a Reply