No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

उत्तर कोरियाद्वारा पूर्वी सागरमा दुई वटा मिसाइल प्रहार

0

उत्तर कोरियाले पूर्वी सागरमा क्रुज मिसाइल मानिने दुईवटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीले सैन्य स्रोतलाई उदृत गर्दै मंगलबार यसबारे जानकारी दिएको हो । दक्षिण कोरियाली सेनाले मंगलबार बिहान उत्तर कोरियाबाट पूर्वी जलक्षेत्रमा प्रक्षेपण गरिएका दुईवटा अज्ञात क्षेप्यास्त्र पत्ता लगाएको जनाएको छ ।

क्रुज मिसाइलहरूको प्रक्षेपण संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लङ्घन भने नभएको बताइएको छ । प्योङयाङलाई ब्यालेस्टिक मिसाइल परीक्षण गर्न प्रतिबन्ध लगाएकोमा नपरेको जनाइएको छ ।

यस महिनाको सुरुमा, उत्तर कोरियाले जनवरी ५ र ११ मा हाइपरसोनिक मिसाइल, जनवरी १४ मा दुई रेलवे छोटो दूरीको ब्यालेस्टिक मिसाइल र जनवरी १७ मा दुईवटा रणनीतिक निर्देशित मिसाइल सहित चार मिसाइल परीक्षणहरू गरिसकेको छ ।

 

प्रकाशित: ११ माघ २०७८, मंगलवार १२:००

Leave a Reply