No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा स्थगित

0

सुदूरपश्चिम । सुदूरपश्चिम विश्वविद्यालयले वार्षिक परीक्षा स्थगित गरेको छ । पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएकाले माघ महिनाभरी हुने सबै परीक्षा स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयको मंगलबार बसेको परीक्षा बोर्डको बैठकले यही माघ १६ गतेदेखि सुरु हुन लागेको स्नातक तहको व्यवस्थापन सङ्कायको पहिलो, दोस्रो र तेस्रो वर्षका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रक देवसिंह नाथका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएका हुन् । यसका साथै विश्वविद्यालयले कक्षा सञ्चालन पनि अनलाइनबाटै गर्ने निर्णय गरिएको जनाएको छ ।

प्रकाशित: ११ माघ २०७८, मंगलवार १५:४१

Leave a Reply