No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रदेशसभा सदस्य चढेको गाडी दुर्घटना

0
दाङ । राष्ट्रियसभा सदस्य निर्वाचनमा सहभागी हुन आज दाङको घोराही आउँदै गर्दा लुम्बिनी प्रदेशसभा सदस्य तुलसी चौधरी सामान्य घाइते भएका छन् । उनी सवार शुद्धोदन गाउँपालिकाको बा२झ ३४४४ नंको स्कारपिओ गाडी गढवा गाउँपालिकाको कालाकाँटेमा लु१प २५८४ नंको ट्रकसँग ठक्कर खाएको थियो । उहाँको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए । सो गाडीमा सवार गाउँपालिका अध्यक्ष किशुचन्द चौधरी र उपाध्यक्ष शान्तादेवी ज्ञवाली पनि घाइते भएका छन् । घाइते दुवै जनाको भालुवाङ अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: १२ माघ २०७८, बुधबार ०७:३१

Leave a Reply