No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ठमेलमा बसेर अनलाइन जुवा खेलाउने एक भारतीयसहित दुई पक्राउ

0

काठमाडौँ । काठमाडौंको ठमेलस्थित एक होटलमा अनलाइन जुवा खेलाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले मंगलबार उक्त होटलको पाँचौं तल्लमा रहेको २०४ नम्बर कोठामा छापा मार्दा दुई जनालाई अनलाइन जुवा खेलाइरहेको बेला फेला पारेको हो ।

प्रहरीले जुवा खोलाउने बागलुङका राकेशकुमार क्षेत्री र भारतको दिल्ली घर भएका जसपाल सिंहलाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएका क्षेत्री ४/५ वर्षदेखि अनलाइन जुवामा सक्रिय रहेको खुलेको छ ।

क्षेत्रीको कोठाबाट प्रहरीले जुवा खेलाउन प्रयोग हुने क्वाइन, विभिन्न बैङ्कको चेक, नगद लगायत अन्य जुवाको हिसाब किताब राखिएको लक बुक समेत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

प्रहरीले क्षेत्रीको कोठाबाट १ लाख १५ हजार नगद समेत बरामद गरेको थियो। त्यस्तै, २५ लाख रुपैयाँभन्दा बढीको विभिन्न बैंकका चेक तथा भौचर समेत बरामद गरेको छ । पक्राउ परेका भारतीय नागरिक पनि लामो समयदेखि यहीँ बसेर अनलाइन जुवा खेलाउन सक्रिय रहेको खुलेको छ। उनले अनलाइन जुवा खेलाउन ग्राहकहरू खोज्ने गरेका थिए ।

यसरी ग्राहक खोजेबापत क्षेत्रीले उनलाई कमिसन दिने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। पैसा भएका मानिसलाई उनले जुवाको लतमा पार्ने गरेका थिए। यसरी जुवा खेल्नेहरुमा विद्यार्थीदेखि व्यापारीसम्म रहेको प्रहरीको प्रारम्भि अनुसन्धानमा खुलेको छ । प्रहरीले यसअघि कीर्तिपुर नगरपालिकाको विभिन्न स्थानबाट अनलाइन जुवा खेलाउने १२ जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित: १२ माघ २०७८, बुधबार ०९:०७

Leave a Reply