No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

लोकसेवालाई स्थगित परीक्षाफल यथाशीघ्र प्रकाशित गर्न सर्वोच्चको आदेश

0

काठमाडौँ । सर्वोच्च अदालतले लोकसेवा आयोगका स्थगित परीक्षाफल प्रकाशित गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले स्थगित गरिएका विज्ञापनको परीक्षाफल प्रकाशन गर्न आदेश जारी गरेको हो ।

सर्वोच्चको आदेशसँगै अब लोकसेवा आयोगले नतिजाको पर्खाइमा रहेका परीक्षार्थीहरुको नतिजा प्रकाशित गर्नुपर्नेछ भने बाँकी परीक्षार्थीहरुको लिखित परीक्षा लिनुपर्नेछ । आ

देशमा भनिएको छ, ‘परीक्षाफल रोक्न लोक सेवा आयोगलाई अनुरोध गरी पठाउने भनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट २०७८ भदौ ३ मा भएको निर्णय र पत्राचार तथा तदअनुरूप लोक सेवा आयोगबाट विज्ञापित पदको अन्तिम नतिजा रोक्ने सम्बन्धमा भएका निर्णय तथा काम कारबाही समेत उप्रेषणको आदेशद्वारा बदर हुने र स्थगित गरिएका विज्ञापनहरूको परीक्षाफल प्रकाशन गर्ने समेतका कार्यहरू यथाशीघ्र गर्नु गराउनू भनी विपक्षी लोकसेवा आयोगको नाउँमा परमादेश जारी हुने ठहर्छ ।’

प्रकाशित: १२ माघ २०७८, बुधबार ११:५८

Leave a Reply