No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सोमालियाली फौजद्वारा गरिएको कारबाहीमा २० विद्रोहीको मृत्यु

0

सोमालियाली राष्ट्रिय सेना (एसएनए) ले बुधबार सोमालियाको मध्य भागमा रहेको धुसामुरेब शहर नजिकै विद्रोहीविरुद्ध शक्ति परिचालन गरेपछि २० अल–शाबाब आतंकवादीको मृत्यु भएको छ ।

सेनाले विद्रोही विरूद्धको कारबाही सफल भएको दावी गर्दै दर्जनौ हतियार सुरक्षा नियन्त्रणमा लिएको जनाएको छ । सैनिक प्रमुख कमान्डर ओडोवा युसुफ रेजले सोमालियाली नेशनल न्यूज एजेन्सीलाई बताएअनुसार विद्राहीले शहरमा आक्रमण गर्ने योजनासहित आएको र उनीहरूबाट सेनाले विस्फोटक पदार्थसहित केही हतियारसम्बन्धी उपकरणहरू फेला पारेको छ ।

रेजले भने, “एसएनए फौजले बुधबार बिहान धुसामुरेब शहर नजिकै सैन्य परिचालनको दौडानमा २० अल–शाबाब विद्रोहीको मृत्यु भएको छ । कारबाहीमा केही महत्वपूर्ण विस्फोटक पदार्थ र हतियारसम्बन्धी उपकरण बरामद गरेको छ ।” यस हप्ता सेनाले यस क्षेत्रमा आक्रमण गर्ने विद्रोहीको योजना असफल पारेको यो दोस्रो पटक हो ।

रेजले भने, “सेनाहरूले तिनीहरूलाई त्यस इलाकाबाट बाहिर नलगेसम्म खेद्नेछ ।” देशमा संघीय संसदको सदन केही सीटका लागि निर्वाचन गर्न लागिरहेको समय विद्रोही समूहमाथिको यो पछिल्लो आक्रमण हो । यो कदम मध्य र दक्षिणी क्षेत्रहरूमा अल–शबाब कट्टरपन्थीहरूविरुद्ध सोमालियाली सेनाहरूको तीव्र परिचालनबीच आएको छ जहाँ विद्रोहीहरूले अझै पनि ग्रामीण क्षेत्रहरूमा लुकेर र एम्बुस थापेर सुरक्षाकर्मीविरूद्ध आक्रमण जारी राखेका छन् ।

प्रकाशित: १२ माघ २०७८, बुधबार १७:०१

Leave a Reply