No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

उपत्यकाका सिडीओहरुको बैठक बस्दै, जोरबिजोर प्रणालीलाई व्यवस्थित बनाउनेबारे छलफल हुने

0
काठमाडाैँ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नियन्त्रणबारे छलफल गर्न आज काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी आदेशबारे समीक्षा गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक बस्न लागिएको काठमाडौं जिल्लाका प्रजिअ गोविन्दप्रसाद रिजालले बताए । काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । हाल जारी सार्वजनिक यातायातमा जाेरविजाेर प्रणाली प्रभावकारी नभएकाे र यसले सवारी साधनमा झन भीडभाड बढेकाे र यसले जाेखिम समेत बढेकाे यातायात व्यबसायीकाे गुनासाे छ । जोरबिजोर प्रणालीलाई थप व्यवस्थित कसरी बनाउने भन्नेबारे छलफल गरेर निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले बताए ।
प्रकाशित: १४ माघ २०७८, शुक्रबार ०६:०१

Leave a Reply