No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

संक्रमण पुष्टिपछि सार्वजनिक कार्यक्रममा सहभागी हुनु गैरजिम्मेवारीपनको पराकाष्ठाः महामन्त्री शर्मा

0

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोरोना संक्रमण भएपछि आइसोलेसनमा नबसी सार्वजनिक कार्यक्रममा सहभागी हुनु गैरजिम्मेवारीपनको पराकाष्ठा भएको बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संक्रमण पुष्टि भएको चार दिनपछि एउटा सार्वजनिक कार्यक्रममा सहभागी भएको तर्फ संकेत गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘संक्रमण पुष्टिपछि आइसोलेसनमा बस्नु हामी हरेकको जिम्मेवारी हो  । पालना नगर्नु बहादुरी होइन, गैरजिम्मेवारीको पराकाष्ठा र अन्यको जीवनप्रति गम्भीर खेलबाड समेत हो  । यही ज्ञान र विज्ञान आत्मसात गरेर, संक्रमणपछि पूर्ण आइसोलेसनमा बसेर, बल्ल सांगठनिक काममा फर्केको छु । जय नेपाल !’

एमाले अध्यक्ष ओली कोरोना पोजेटिभ भएकै बेला सार्वजनिक कार्यक्रममा सहभागी भएको विषयको चर्को आलोचना भएको छ ।

संक्रमण पुस्टिपछि `आइसोलेसन´मा बस्नु हामी हरेकको जिम्मेवारी हो l पालना नगर्नु बहादुरी होइन गैह्र जिम्मेवारीको पराकाष्ठा र अन्यको जीवनप्रति गम्भीर खेलबाड समेत हो !

यहि `ज्ञान´ र बिज्ञान आत्मसात गरेर, संक्रमणपछि पुर्ण आइसोलेसनमा बसेर, बल्ल सांगठनिक काममा फर्केको छु l जय नेपाल !

— Bishwa Prakash शर्मा (@bishwaprakash77) January 28, 2022 >

प्रकाशित: १४ माघ २०७८, शुक्रबार ०६:०७

Leave a Reply